Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment

तौल घट्दै घटेन ? यसो गरे कसो होला ?

कुनैबेला भनिन्थ्यो, मोटोघाटो हुनुपर्छ । खाइलाग्दो हुनुपर्छ । अहिले जमाना स्लिमको छ । ग्याजेट्स मात्र होइन, ज्यान पनि स्लिम नै खोजिन्छ । किन त ?

किनभने अहिले मोटोपनले ‘खानदानी’को होइन, रोगको संकेत गर्छ । मोटोपनको अहिले थुपै्र साइड इफेक्ट देखिएको छ ।

पहिलो, यसले ज्यानलाई भद्दा देखाउँछ । ज्यान फुर्तिलो, छरितो र चुस्त हुँदैन ।

दोस्रो, अहिलेको जमानामा व्यक्तित्वको खास महत्व छ । यस्तो अवस्थामा भद्दा शरीर आफैमा व्यक्तित्वको बाधक हो । यस्तो शरीरमा न लुगा सुहाउँछ ? न समग्र शरीरको बान्की मिल्छ ।

तेस्रो, मोटो शरीर हुनु भनेको शरीरमा अतिरिक्त बोसोको भण्डार हुनु हो । यसले रक्तनलीहरुलाई थप साँघुरो बनाउँछ । मुटु, कलेजो, मृगौलाको कार्य-संचालनमा अवरोध पुर्‍याउँछ । यसले अनेक किसिमको रोग निम्त्याउँछ । जस्तो कि, उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर आदि ।

मोटोपन हुनुको सबैभन्दा ठूलो बेफाइदा भनेकै संभावित रोगको भय हो ।

मोटोपनले रोगलाई जन्म दिन्छ । अहिले अधिकांशलाई यसको हेक्का छ । त्यसैले ज्यान बढाउने होइन, घटाउने चक्करमा लागेको देखिन्छ । अर्थात शरीरलाई चुस्त र छरितो बनाउने ध्याउन्नमा लागेको देखिन्छ ।

तर, यसका लागि समुचित तरिका के हो त ?

कतिलाई थाहा नहुन सक्छ । किनभने मोटोपन घटाउने चक्करमा रहेकाहरुले आफ्नो खानामा कटौती गरिरहेका हुन्छन् । खाना नखाएपछि मोटो भइदैन । एक हिसाबले कुरा ठिक हो । तर, शरीरलाई विभिन्न किसिमको पोषण तत्व आवश्यक हुन्छ । ति पोषक तत्वको स्रोत भनेकै खानेकुरा हुन् । यदि खानेकुरा नै नखाने हो भने शरीरमा पोषण पुग्दैन । त्यसले अर्को रोग निम्त्याउँछ ।

मोटोपन घटाउनका लागि व्यायाम गर्नेहरु पनि छन् । मोटोपन घटाउन मात्र होइन, शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न व्यायाम अनिवार्य छ । यद्यपी व्यायाम गर्ने भन्दैमा जथाभावी व्यायाम गर्नु उचित हुँदैन । आफ्नो शरीरको अवस्था, उमेर आदिलाई ख्याल गरेर उचित किसिमको व्यायाम गर्नुपर्छ ।

मोटोपन घटाउने चक्करमा कतिपयले औषधी सेवन गर्छन् । कतिपय विज्ञापनको पछि लागिरहेका छन् । उपचारद्वारा मोटोपन घटाउने भन्दै शहरका गल्ली गल्लीमा क्लिनिकहरु खुलेका छन् । त्यस्तै कतिपय उत्पादन बजारमा ल्याइएको छ । यसले मोटोपन घटाउने होइन, बरु शरीरलाई थप रोगको शिकार बनाउन सक्छ ।

कसरी घटाउने त ?

कुनैपनि समस्याको निदान खोज्नुअघि त्यसको कारण खोज्नुपर्छ । के कारणले मोटोपन बढेको हो ?

कतिपयको मोटोपन वंशानुगत हुन्छ । बाबुबाजे मोटा छन् भने छोराछोरीमा त्यसको गुण सर्छ । कतिपयलाई थाइराइड जस्ता रोगको कारण मोटोपन बढ्छ । कतिपय औषधीको सेवनले पनि मोटोपन बढ्छ ।

अहिलेको आम समस्या भनेको गलत खानपान र निस्त्रिmय दिनचर्या हो । विभिन्न किसिमको प्रशोधित खानेकुरा सेवन गर्ने, शारीरिक श्रम नगर्ने हाम्रो प्रवृत्ति नै मोटोपनको कारण बनिरहेको छ ।

कसरी घटाउने मोटोपन ?

मोटोपन घटाउनका लागि सन्तुलित, स्वस्थ्य र अनुशासित जीवनशैली पहिलो सर्त हो ।

१. खाना घटाउने होइन । बरु, स्वस्थ्य एवं पोषणयुक्त खानेकुरा सेवन गरौं । ताजा र मौसमी फलफूल, सागसब्जीमा जोड दिनुपर्छ । यस्ता खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । शरीर स्वस्थ्य हुन्छ ।

२. बजारमा पाइने प्रशोधित खानेकुरा, जंकफूड, चिल्लो-चाप्लो खानेकुराले मोटोपन बढ्छ । यस्ता खानेकुरा पूर्ण रुपमा त्यागौं ।

३. दिनमा एक वा दुई छाक मात्र खाने होइन । दिनभरमा तीन/चार छाक खानेकुरा खाने । तर, हरेक पटकमा थोरै थोरै खाने गरौं । एकै पटकमा धेरै खानेकुरा सेवन गर्दा त्यसले मोटोपन बढाउँछ ।

४. सकेसम्म तारेको, भुटेको, मसलेदार खानेकुरा होइन, उसिनेको खानेकुरा सेवन गरौं । सागसब्जी उसिनेको खान सकिन्छ । सागसब्जीको रस सेवन गर्न सकिन्छ । फलफूल वा सलादको मात्रा बढाउन सकिन्छ । मोटोपन घटाउने प्रभावकारी उपाय हुन् यी ।

५. दिनचर्या सन्तुलित हुनुपर्छ, अनुशासित हुनुपर्छ । बिहान चाडै उठ्ने, व्यायाम गर्ने गरौं । बेलुकी चाडै सुत्ने गरौं । राती लामो समयसम्म बस्दा भोक लाग्छ । खानेकुरा खाइन्छ । त्यसले शरीरमा अतिरिक्त खानेकुरा भण्डारण हुनुपुग्छ, जो मोटोपनको कारण बन्छ ।

६. शारीरिक श्रम गरौं । एकै ठाउँमा लामो समय बस्ने नगरौं । केही न केही शारीरिक क्रिया गरौं । कार्यलय वा घरमा बस्दा पनि उठ्ने, हिँड्ने गरौं ।

७. विहानको समयमा व्यायामको लागि छुट्याउनुपर्छ । बिहान ३५ मिनेटदेखि ४५ मिनेटसम्म निरन्तर व्यायाम गरौं । हिँडौं ।

८. मदिरापान र त्यससँग गरिने स्न्याक्सले मोटोपन बढ्छ । यस्ता खानेकुरा त्यागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment