Comments Add Comment

ओली नेतृत्वमा नेपालको कायापलट हुन्छ : भाजपा नेता जोली


काठमाडौं, २९ फागुन । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले भने, ‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ, म यही मञ्चबाट भन्न चाहन्छु कि आगामी दिनमा अझै धेरै सहयोग रहने रहन्छ ।’

उनले ओली नेतृत्वको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे ।

जोलीले भने, ‘हाम्रो आशा छ, यस जनादेश अनुसार अब नेपालमा राजनीतिक स्थायित्व हासिल भएर आर्थिक समृद्धि हुन्छ, ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ ।’

काठमाडौंमा व्यापक प्रदुषण रहेको बताउँदै जोलीले यसलाई अब समाधान गर्न नयाँ सरकार सजग हुनुपर्ने बताए । नेपाल-भारतबीचको प्रवुद्ध व्यक्ति समूहले द्विपक्षीय सम्बन्धमा देखिएका सबै खाले समस्याहरुलाई हल गर्न साथर्क रुपमा काम गर्ने पनि विश्वास व्यक्त गरे ।

त्यस्तै उनले नेपालमा बसोबास गर्ने भारतीय मुलका नागरिकहरुलाई बैंकिङ च्यानलमार्फत आफूले आर्जन गरेको पैसा पठाउन सहज वातावरण बनाउन पनि नेपाल सरकारलाई आग्रह गरे ।

उनले भने,’जसरी भारतमा बस्ने नेपाली नागरिकहरुले भारतमा आफूले कमाएको पैसा स्वदेश ल्याउन पाउने सहज व्यवस्था छ, त्यस्तै नेपालमा बसोबास गर्ने भारतीयहरुले पनि लैजान पाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment