+
+
Shares

गोपाल पराजुलीको पक्ष र विपक्षमा बार विभाजित

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते १७:१३


२९ फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्ष र विपक्षमा नेपाल बार एशोसिएसन विभाजित भएको छ ।

सोमबार न्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकाश पाएको भन्दै बेञ्च बहिस्कार गरेका थिए । यो घटनापछि सर्वोच्च अदालतको बेञ्चसमेत विभाजित बनेको छ । र, मंगलबार केही इजलासहरु चल्न सकेका छैनन् ।

सर्वोच्च अदालतमा देखिएको विवादबारे धारणा बनाउन नेपाल बारले पनि आपतकालीन बैठक बोलायो । अध्यक्ष शेरबहादुर केसीलगायतले न्यायाधीश चोलेन्द्रसमशेरले आचारसंहिता उल्लंघन गरी अदालतमाथि प्रहार गरेको धारणा राखे ।

बहुमत सदस्यको धारणा अनुसार प्रधानन्यायाधीश पराजुलीको समर्थनमा र चोलेन्द्रको विरोधमा बारले विज्ञप्ति जारी गर्‍यो ।

तर, उपाध्यक्ष उषा मल्ल पाठकसहित केन्द्रीय समितिका तीनजनाले भने आफ्नो फरक धारणा सार्वजनिक गरेका छन् ।

सल्लाहकारहरुको बैठक बोलाएर साझा धारणा बनाउने र विवाद समाधानका लागि मध्यस्थकर्ताको भूमिका खेल्न प्रस्ताव राख्दा बार नेतृत्व बहुमतको आडमा चलेको पाठकले बताइन् ।

‘अदालतमा जे भयो, त्यो दुर्भाग्यपूर्ण घटना हो’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर, कसैको पक्षमा बारको विज्ञप्ति जसरी आयो, त्यसमा हाम्रो सहमति छैन ।’

‘तपाईहरुको धारणा के हो ? पराजुलीले राजीनामा दिनुपर्छ ?’ अनलाइनखबरको यो प्रश्नमा उनले भनिन्, ‘राजीनामा दिनुपर्छ वा बस्नुपर्छ भन्ने हाम्रो केही धारणा छैन । हामीले मध्यस्थता गर्ने हो, कसैको पक्षमा लाग्नुहुँदैन मात्र भनेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?