+
+
Shares

सरकारकै कारण कर्णालीमा बढी सन्तान जन्माउने होडः शाही

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते १८:००


२९ फागुन, काठमाडौं । सरकारको बजेट विनियोजन शैलीकै कारण कर्णालीका मानिसहरुमा बढी सन्तान जन्माउने चाहना बढेको भन्दै कर्णाली प्रदेश सभाका सदस्य जीवनबहादुर शाहीले कटाक्ष गरेका छन् ।

विश्व बैंकले संघीय संरचनामा अघि बढ्ने अवधारणा ‘सिस्टमेटिक कन्ट्रि डाइनोस्टिक’ सार्वजनिक कार्यक्रममा कर्णाली विकासमा देखिएको समस्या औल्याउदै शाहीले यस्तो बताएका हुन् ।

सरकारले बजेट विनियोजनमा जनसंख्या, भुगोल र लगातलाई आधार मान्ने गरेको छ । जनसंख्यामा ६० प्रतिशत भार दिने गरेको छ । उनले तराईमा १० लाख रुपैयाँले केही किलोमिटर सडक बाटो बनाउन सकिने भएपनि त्यही पुँजीले कर्णालीमा केही मिटर मात्र सडक बनाउन पुग्ने भएकोले बजेट विनियोजनामा सरकारको ध्यान पुग्न आवश्यक रहेको बताएका छन् ।

कर्णाली क्षेत्रको बिकासको लागि बाटो, विद्युत् , विचार, वन, बजार र व्यवस्थापन जस्ता छ वटा ‘ब’ मा ध्यान दिनुपर्ने पनि बताए । कर्णाली प्रदेशकै मात्र २ हजारभन्दा बढि मेगावाट विद्युत उत्पादन क्षमता रहेकोले त्यसमा पनि ध्यान दिन आवश्यक भएको बताए ।

उनले विश्व बैंकले ल्याएको नयाँ अवधारणमा समेटिएका सबै पक्षमा नेपालले यसअघि पनि प्रयास थालेको तर सफलता हात पार्न नसकेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?