Comments Add Comment

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो, सेभिल्लासँग २-१ ले पराजित

३० फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा सेभिल्लासँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो लेगमा गोलरहित बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड दोस्रो लेगमा २-१ ले पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिएको हो ।

युनाइटेडलाई हराउन सेभिल्लाका सबस्टिच्युड खेलाडी विसाम बेनले दुई गोल गरे । उनले ७४ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल थपे ।

म्यानचेस्टर युनाइटेडका लागि भने रामेलु लुकाकुले ८४ औं मिनेटमा एक गोल फर्काएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment