Comments Add Comment

हकिङ्गको अनौठो कनेक्सनः जन्मँदा ग्यालिलियोसँग, मृत्यु हुँदा आइन्स्टाइनसँग !

३० फागुन, काठमाडौं । विश्वविख्यात वैज्ञानिक स्टीफन हकिङ्गको बुधबार बिहान ७६ वर्षको उमेरमा निधन भयो । र, हकिङ्गको निधनमा केही रोचक संयोजक जोडिएन पुगेको छ ।

सन् १८७९ मा आजकै दिन अर्थात् १४ मार्चमा अर्का चर्चित वैज्ञानिक भौतिकविद अल्वर्ट आइन्सटाइनको जन्म भएको थियो । आइन्सटाइनकै जन्म दिन (१४ मार्च) पारेर हकिङको निधन भएको छ ।

हकिङगको जन्म पनि एउटा ऐतिहासिक संयोगसँग जोडिएको छ । उनी ८ जनवरी १९०८ मा जन्मिएका थिए । इटालीका चर्चित भौतिक विज्ञान शास्त्री एवं खगोलशास्त्री ग्यालिलियो ग्यालिलीको निधन पनि ८ जनवरीमै भएको थियो ।

ग्यालिलियोको जन्म निधन सन् १६४२ जनवरी ८ मा भएको भएको थियो । अर्थात्, उनको निधन भएको ३ सय वर्षपछि जनवरी ८ मै हकिङ जन्मिए ।

हकिङको निधनसँग अर्को पनि संयोग गाँसिएको छ । गणितमा ग्रिक शब्द पाइ ‘π’ लाई एउटा चक्रको डायमिटरको अनुपातलाई प्रतिनिधित्व गर्न प्रयोग गरिन्छ, जसको मान हुन्छ, ३.१४…. ।

यसरी पाइको मानलाई अंग्रेजी महिनासँग तुलाना गर्दा ३ अर्थात् मार्च र दशमलबपछि अंक १४ तारिखमा हकिङको निधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment