Comments Add Comment

विख्यात बैज्ञानिक स्टिफन हकिङको निधन

३० फागुन, काठमाडौं । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो ।

उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ ।

उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

हकिङ क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे । उनको भनाइअनुसार २१ वर्षको उमेरमा डाक्टरहरुले मोटर न्यरोन नामक बिरामी भएको जानकारी दिएका थिए ।

दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे ।

हकिङको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । सधैं व्हील चियरमा रहने उनले शारीरिक असक्षमताका बाबजुद मानिसले केसम्म गर्न सक्छ भन्ने मानक बनाएका छन् ।

सन् २०१४ मा हकिन्स पहिलोपटक फेसबुकमा छाए । फेसबुकको पहिलो पोस्टमा उनले लेखेका थिए ‘म हमेसा सृष्टिको रचनामाथि केन्द्रित छु । समय एवं अन्तरिक्ष हमेसाका लागि रहस्य बन्न सक्छ । यसमा मेरो कोसिस रोकिन्न ।’

हकिङले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका थिए ।

‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

यो पनि पढ्नुहोस् 

स्टिफन हकिङलाई नजिकबाट चिन्नुहोस्

हकिङको अनौठो कनेक्सनः जन्मँदा ग्यालिलियोसँग, मृत्यु हुँदा आइन्स्टाइनसँग !

स्टिफन हकिङका १८ प्रेरक बचन, जसले जीवन बदल्न सहयोग गर्छ

बैज्ञानिक स्टिफन हकिङको दावीः पृथ्वीको आयु अब १ हजार वर्षमात्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment