नायक सविन श्रेष्ठ र नायिका अनु शाहविचको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । तर, अनु र सविनले अहिलेसम्म प्रेम स्विकार गरेका छैनन् ।
तर, नायक सविन र नायिका अनु लामो समयदेखि प्रेममा रहेको कुरा मिडिया र चलचित्रकर्मीमाझ छिपेको छैन । यसैविच, यी दुई वुधबार जिल्ला अदालत पुगेका छन् । अनु र सविनलाई एक व्यक्तले धम्की र गाली गलौज गरेपछि उनीहरु उजुरी दिन अदालत गएका हुन् ।
सविनले भने-‘हामीले बिहे गरेका होइनौ । हामी दुबैलाई एक व्यक्तिले धम्की दिने र गाली गलौज गर्न थालेकाले उजुरी गर्न पुगेका हौ ।’ सविन र अनु केहि महिनामा नै बिहे गर्ने तयारीमा रहेको वुझिएको छ । तर, यस बिषयमा सविनले केहि बताउन चाहेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4