Comments Add Comment

बिहे गर्न नमानेको भन्दै अनुहारमा तातो ध्यू खन्याए

३० फागुन, कञ्चनपुर । बिहे गर्ने प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले भिमदत्त नगरपालीका ५ बैजनाथ टोलकी एक यूवतीको अनुहारमा तातो ध्यू खन्याएका छन् ।

कञ्चनपुर भिमदत्त- ११ गड्डा चौकीका ३० बर्षीय दिपक चन्दले २१ बर्षीया सुनिता चन्दको अनुहारमा तताएर राखेको ध्यू खन्याएका हुन् । उनी फरार छन् ।

नेपाल भारत सिमाना नजिक घर भएका चन्द भारततर्फ भागेको प्रहरीले बताएको छ । ‘हामीलाई समयमा खवर हुन सकेन’ कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले भने ‘घटना स्थल प्रहरी पुग्दा भागीसकेको रहेछ ।’

दिपकले सरितालाई मन पराएको र उनको घरमै पुगेर आफू बिहे गरिदिन भनेका थिए । तर, सरिताको परिवारले नमानेपछि त्यही चुलोमा तताउँदै गरेको धिउ खन्याएका हुन् ।

प्रहरीका अनुसार दिपक विवाहित रहेको तथा घरमा श्रीमती र छोरा रहेको बुझिएको छ ।

सरिताको टाउको अनुहार र आँखामा पोलिएको छ र उनको गेटा आँखा अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment