Comments Add Comment

कावासोतीमा गोरु आतंक, दुई जना गम्भीर घाइते

फाइल तस्वीर

१ चैत्र, नवलपरासी । नवलपरासीको कावासोती-३ पश्चिम टोलमा गोरुले आतंक मच्चाएका छन् ।

गोरुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

केही महिना अगाडिदेखि छाडा रुपमा रहेको उक्त गोरुले कावासोती-३ पश्चिम टोल निवासी ७० वर्षीय जितबहादुर महतो र ६८ वर्षीया महिला पर्मतीय महतो गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको टाउको हात खुट्टामा गम्भीर चोट लागेको छ । रातिको समयमा घरमा पस्दै गोरुले आक्रमण गर्न थालेपछि प्रहरी र स्थानीयले रातभर लगाएर विहान ४ बजेतिर मात्र उक्त गोरुलाई नियन्त्रणमा लिएको थियो ।

घाइते जितबहादुरको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र पर्मतरियाको मध्यबिन्दु अस्पताल डण्डामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment