Comments Add Comment

डडेल्धुरा र डोटीमा सेवाविहीन यातायात कार्यालय

१ चैत, डडेल्धुरा ।  प्रदेश ७ का पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरा र डोटीमा स्थापना भएको यातायात व्यवस्थापन कार्यालयले अढाई वर्ष पुग्दा समेत प्रयाप्त सेवा दिन सकेको छैन ।

प्रदेश ७ को पहाडी जिल्लाको ‘ट्रान्जिट प्वाइन्ट’ मानिने डडेल्धुरमा रहेको यातायात कार्यालय सुनसान हुन्छ ।

सामान्यतया भिडभाड हुनुपर्ने यातायात कार्यालयका कर्मचारीको दिन घाम तापेर तथा गफ गरेर बित्छ । गरुन पनि के, कार्यालय संचालनका लागि करिब एक वर्ष अघि नै आवश्यकता अनुसार कर्मचारी खटाइए पनि कार्यालयले तोकिएको सेवा सुविधा दिन असमर्थ भएका कारण यातायात कार्यालय सुनसान बनेको छ ।

स्थापना भएको ढाई वर्ष पुग्दा समेत प्रदेश ७ का पहाडी जिल्लाका सवारी धनी तथा चालकले यातायातबाट पाउनु पर्ने सेवाका लागि कैलाली र कन्चनपुरनै धाउन बाध्य छन् ।

अस्थायी रुट परमिट सेवा -पट्के) बाहेकका सवारी साधन कर असुली तथा सवारी साधन आम कर, सवारी दर्ता प्रमाणपत्र नविकरण, बाटो इजाजत पत्र नविकरण, सवारीको प्राविधीक परीक्षण (जाँच पास), सवारी चालकको अनुमती पत्र नविकरण र सवारी अनुगमन गर्नको लागि तराईका जिल्ल्ाा कैलाली र कन्चनपुर जानुपर्ने बाध्यता रहेको छ ।

यदी ती सबै सेवा डडेल्धुरा यातायात कार्यालयले दिने हो भने डडेल्धुरा मात्र नभइ अन्य पहाडी जिल्लालाई पनि सहज हुने सवारी चालक योगेश साउँद बताउँछन् । ‘डडेल्धुरामा यातायात कार्यालय हुँदाहुँदै पनि एउटा सामान्य जाँच पासको लागि तराई जानु पर्छ ।’ उनि भन्छन ‘ १०० तिर्न हामीले हजारौको डिजेल खर्च गरेर तराई एक रात बस्नुपर्ने बाध्यता छ, ती सबै सेवा यही पाइने हो भने हाम्रो पैसा र समय जोगिन्थ्यो होला ।’

कार्यआदेश पाइसकेता पनि डडेल्धुरा यातायात कार्यालयले लाइसेन्स नविकरणदेखि सवारी जाँच पासको सेवा दिन नसकेकाले पहाडी जिल्लाका सेवाग्राही कैलाली र कन्चनपुरनै जान बाध्य भएका छन ।

‘६/७ सयको रोड परमिटको ६/७ हजार खर्च गरेर महेन्द्रनगर जानुपर्ने अवस्था छ ‘ उग्रतारा घटाल यातायात व्यवसायी समितीका अध्यक्ष पदमराज जैशी भन्छन,’ यातायात कार्यालयमा के कति कारणले सेवा नदिन सकेको कारण सोध्दा कम्प्युटर सफ्टवेर नभएको बुझीयो, त्यसको लागि हाम्रो समितिले विभागमा कुरा राखेको छ सायद छिट्टै समस्याको समाधान हुन्छ ।’

सबै पहाडी जिल्लाबाट कैलाली र कन्चनपुर जानु बाध्यता एकातिर छ भने अर्को तिर सेवाग्राहीको चाप बढी भएका कारण एक घण्टामा हुने कामका लागि तराईमा दुई/तीन दिन भन्दा बढी बस्नु पर्ने बाध्यता रहेको छ ।

सामान्य लाइसेन्स नविकरणका लागि राजश्व पाँचसय लाग्छ तर जाँदा आउँदा तथा बस्दा पाँच हजार भन्दा बढी खर्च हुने गरेको छ ।

डडेल्धुराबाट कैलाली ४ घण्टाको दुरीमा छ तर अन्य पहाडी जिल्लाबाट त्यहाँ पुग्न दिन भरीनै लाग्ने गर्दछ ।

कार्यआदेशसँंगै ढाई वर्र्ष अगाडि स्थापना भएको डडेल्धुरा र डोटीको यातायात कार्यालयले अहिलेसम्म दिनु पर्ने कुन पनि सेवा दिन नसकेको डडेल्धुरा यातायात कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद भण्डारी बताउँछन् ।

कार्यालयमा आवश्यक कम्प्युटर सफ्टवेर -भिपिएस र डीएलआरएस) नभएको र त्यसका लागी आफुहरुले पटक-पटक विभागमा माग गरेको भएता पनि उपलब्ध नभएका कारण सेवा दिन नसकेकोे उनि बताउँछन ।

अहिले डडेल्धुुरा बाहेकका बैतडी, बझाङ्ग, दार्चुला, बाजुरा, डोटी, अछामका सवारी धनी सामान्य २०० पर्ने जाँच पास गर्न समेत तराई र्झनुपर्छ ।

यदी डडेल्धुराबाट नै यातायात कार्यालयले तोकिएको सेवा दिने हो भने पहाडी जिल्लाबाट सेवा लिन तराईका जिल्ला कैलाली र कन्चनपुर जाने करिब ८० प्रतिशत भन्दा बढी सेवाग्राहीले यहीबाट नै सेवा लिने थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment