+
+
Shares

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

रासस रासस
२०७४ चैत १ गते १३:५८

१ चैत, भीमदत्तनगर । भारतको नयाँ दिल्लीदेखि काठमाडाैंतर्फ गइरहेको बसको ठक्करबाट बुधबार राति कञ्चनपुरको भीमदत्तनगरमा पैदल यात्रुको मृत्यु भएको छ ।

नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडाैं गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नं को बसले पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–बनखेत सडक खण्डमा ठक्कर दिँदा पैदल यात्रु दार्चुलाको महाकाली नगरपालिका–३ का ५५ वर्षीय वीरसिंह महराको मृत्यु भएको हो ।

मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?