Comments Add Comment

पपुवा न्यूगिनीले नेपाललाई दियो ११५ रनको लक्ष्य

१ चैत, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले २७.२ ओभरमाम सबै विकेट गुमाएर ११४ रन बनायो ।

नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४/४ विकेट लिए ।

करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment