Comments Add Comment

वेतन कर्णालीका लागि ५० अर्ब रकम ऋण व्यवस्थापन गर्दै सञ्चयकोष

जम्मा गर्‍यो २ अर्ब ८२ करोड


१ चैत काठमाडौं । ६ सय ८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि कर्मचारी सञ्चयकोषले ५० अर्ब बराबरको ऋण व्यवस्थापन गर्ने भएको छ ।

हालैमात्रै बेतन कर्णाली जलविद्युत आयोजनाका लागि ५० अर्ब बराबरको ऋण व्यवस्थापन गर्ने निर्णय भएको कर्मचारी सञ्चयकोषका कार्यबाहक प्रमुख प्रशासक दिपक रौनियारले जानकारी दिए ।

केहि समयअघि बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमीटेडले ऋण व्यवस्थापनका लागि सञ्चयकोषलाई आग्रह गरेको थियो ।

यस आयोजनामा लगानी गर्न बनेको कम्पनीमा ४० प्रतिशत सञ्चयकोषका सञ्चयकर्ता र १५ प्रतिशत कोषको गरी जम्मा ५५ प्रतिशत स्वामित्व छ ।

साथै यसमा विद्युत प्राधिकरणको १० प्रतिशत र अन्य विद्युत उत्पादन कम्पनीको १० प्रतिशत सेयर रहनेछ । र २५ प्रतिशत सेयर भने सर्वसाधारणका लागि जारी गर्ने कम्पनीको योजना छ ।

यस आयोजनामा लगानीका लागि सञ्चयकोषले आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट १ अर्ब २९ करोड र गत आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट १ अर्ब ७८ करोड रकम छुट्याएको छ ।

अहिले सञ्चयकोषसँग २ सय ५६ अर्ब रुपैयाँको कोष छ । जसबाट कोषले बाषिर्क डेढ अर्ब माथि नाफा गर्ने गरेको छ । सुरुमा सञ्चयकोषले यस्तो नाफा सञ्चयकर्तालाइ नै बाड्ने गरेको थियो ।

अहिले कोषमा १ लाख रुपैयाँ रकम रहेको सञ्चयकर्ताले ६ सय रूपैयाँ जति कोषको नाफाबाट प्राप्त गर्ने गरेको थियो ।

आर्थिक वर्ष २०७२/०७३ बाट भने कोषले यस्तो रकम बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीको सेयरमा लगानी गर्ने गरेको छ । र, यस्तो लगानी गरिएको रकममा सञ्चयकोषले ४ देखि ५ प्रतिशतसम्म ब्याज पनि प्रदान गर्ने भएको छ ।

सञ्चयकर्ताको नाममा यसरी लगानी गर्दा अहिलेसम्म सञ्चयकोषले करिब ३ अर्ब बराबरको रकम जुटाइसकेको छ । रौनियारले भने ‘इक्वीटीका लागि आवश्यक रकम हामीले यस्तो नाफाबाट ४/५ वर्षमै जम्मा गर्न सक्ने देखिएको छ । ‘

यस आयोजनाको कुल लागत ७० अर्ब आँकलन गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र सम्भाव्यता अध्ययनका लागि सञ्चयकोषले एनईए इन्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ ।

यो अर्ध जलाशययुक्त भएकाले विद्युतको उच्च माग हुने समयमा उपयोग गर्न सकिन्छ । आयोजनाको निर्माण सकिएसँगै पिक समयमा विद्युत व्यवस्थापन गर्न प्राधिकरणलाई समेत सहज हुने देखिन्छ । रयो आयोजनामा दैनिक ६ घन्टा पानी सञ्चय गरेर राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment