+
+
Shares

कार्यक्रममा अतिथि बन्न नजाने पोखराका मेयरको घोषणा

जानै परे मंगलबार र शुक्रबार जम्मा १ घन्टा जाने

अमृत सुवेदी अमृत सुवेदी
२०७४ चैत १ गते १९:३४

१ चैत, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई सधैं लाग्ने आरोप हो, ‘कार्यालय समयमै सेवाग्राहीलाई पर्खाएर विभिन्न कार्यक्रमको अतिथि बन्न पुग्छन् । सेवाग्राहीका गुनासा सुन्ने र कामभन्दा रिबन काट्न पुग्छन् ।’

कहिले दोहोरी साँझ उद्घाटन त कहिले कहिले सुन्दरी प्रतियोगितामा अतिथि बन्न पुग्ने र स्मार्ट सिटीको भाषण ठोक्ने तर ससाना काममा पनि ध्यान नदिने भन्दै मेयर जिसीको आलोचना हुने गरेको थियो । मेयर जिसी भने जान्नभन्दा पनि सुखै नपाउने बताएका थिए ।

अब भने मेयर जिसीले दैनिक गर्ने कामको सूची तयार पारेर आफ्नै कार्यालयको बाहेक कार्यालय समयमा कतै बाहिर कुनै पनि कार्यक्रममा नजाने बताएका छन् । बिहीबार मेयर जिसीको सचिवालयले सूचना प्रकाशित गरेर मेयरको दैनिक कार्यसूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न ठाउँमा अब कुनै कार्यक्रममा नजाने बताएका मेयरले आˆनो बोलीलाई कार्यान्वयन गरेका थिएनन् ।

‘सुरुका दिनमा जान्नभन्दा पनि धेरै ठाउँमा जानुपर्‍यो अब भने यसलाई रोक्नुपर्छ भनेर लागेको हुँ,’ मेयर जिसीले भने, ‘कार्यक्रममा प्रमुख अतिथि वा अतिथि भएर नजाने भनेर सूची नै तयार पारेको हुँ ।’

आफ्नै कार्यालय मातहतका कार्यक्रममा बाहेक अन्य कार्यक्रममा गएर अब समय नबिताउने मेयर जिसीले बताए । ‘आˆनै वडा र मातहतका कार्यक्रममा जानैपर्‍यो, नत्र कार्यालय समयमा बाहिरका कार्यक्रममा जान्न,’ मेयर जिसीले भने ।

मेयर जिसीले जानै पर्ने अवस्थामा मंगलबार र शुक्रबार महत्वपूर्ण कार्यक्रममा जाने तर एक घन्टाभन्दा बढी नबस्ने बताएका छन् ।

अबदेखि पोखराका मेयरले बिहान साढे १० बजेदेखि ११ बजेसम्म विभिन्न कार्यालय प्रमुखसँग छलफल गर्नेछन् ।

बिहान ११ बजेदेखि १ बजेसम्म सेवाग्राहीका काम गर्ने र सेवाग्राहीका समस्याको सुनुवाइ गर्ने र १ देखि २ बजेसम्म राजनीतिक दलका प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि र पत्रकारका लागि मेयर जिसीले समय व्यवस्थापन गर्नेछन् ।

यसका लागि पनि १ दिन पहिले नै जानकारी गराउनुपर्ने मेयरको सचिवालयले जनाएको छ । दिनको २ बजेपछि आवश्यकताअनुसार विभागीय प्रमुखसँग छलफल गर्ने मेयरको दैनिक कार्यसूची छ ।
महानगरपालिकाको सुशासन र सेवाग्राहीलाई छिटोे छरितो सेवा दिन आफू केन्दि्रत रहने मेयर जिसीले बताए ।

कानुन नबनिसकेको अवस्थामा धेरै काम गर्न नपाएको मेयरले बताउँदै आएका थिए । महानगरलाई गति दिन १८ वटा ऐन, निर्देशिका, कार्यविधि फागुन २८ गते विधायन सभामा टेबल गरेर अन्ति रुप दिने काम भइरहेको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?