+
+
Shares

एनसीसी बैंकको बोर्ड बैठकमा सीआईबीको छापा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २ गते १२:१८

२ चैत, काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।

शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो ।

बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा सीआईबीले अनुसन्धान थालेको हो । प्रहरीले केहीवेरमै घटना बारे विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए ।

सीआईबी स्रोतका अनुसार प्रहरी ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि, उनीहरुको विवरण अहिले सार्वजनिक गरिएको छैन ।

यसअघि खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

एपेक्सका त्यतिखेरका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् ।  दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?