Comments Add Comment

कपडा धुने मात्र होइन, अब पट्याउने मेसिन पनि आयो


अचेलको व्यस्त जीवनमा कसैले पनि घरधन्दामा धेरै समय दिन सक्दैनन् । अझ बालबच्चा हुनेहरूका लागि त समयको व्यवस्थापन थप चुुनौतीपूर्ण हुन्छ ।

बच्चाहरू धेरै फोहोर गर्ने भएकाले कपडा धुने, सुकाउने, पट्याउने लगायतका झण्झटले खासगरी आमाहरूलाई सताएकै हुन्छ ।

यस्तो अवस्थामा ‘फोल्डी मेट’ तपाईको सहयोगी हुनसक्छ । यसले सर्टलाई मिलाएर पट्याउँछ । ब्लाउज र बच्चाको प्यान्टको टाँकसमेत यसले लगाउँछ ।

फोल्डी मेटको नयाँ मोडलले त तौलिया, सिरानीको खोलसमेत पट्याउँछ । पुरानो प्रविधिलाई प्रतिस्थापन गरेर फोल्डी मेट नयाँ विशेषतासहित आएको हो ।

फोल्डी मेटको सहायताले तपाईले २० देखि ४० आइटमका कपडा दुईदेखि चार मिनेटभित्र पट्याउन सक्नुहुन्छ । कुनै पुरानो फोटोकपी मेसिनजस्तो फोल्डि मेटलाई तपाईसँग उपलब्ध स्थान जता पनि राख्न सक्नुहुन्छ ।

कम्पनीले अहिले यो यन्त्र सार्वजनिक गरिसकेको छैन । सन् २०१९ को अन्त्यसम्ममा युरोपियन होम अप्लाएन्सेस ग्रुप -बीएसएच) सँगको सहकार्यमा यो मेसिन बजारमा ल्याउने तयारी भइरहेको छ ।

यसको मूल्य आठ सय ५० अमेरिकी डलरको आसपासमा रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment