Comments Add Comment

मोहम्मद सलाह आफूलाई मेस्सीसँगै उभ्याउने पथमा छन्ः क्लोप

४ चैत, काठमाडौं । लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले भनेका छन् कि मोहम्मद सलाह आफूलाई लिओनल मेस्सीसँग उभ्याउने पथमा रहेको बताएका छन् ।

शनिबार वाटफोर्डविरुद्ध चार गोल गरेपछि सलाह टोटनह्यामका ह्यारी केन र बार्सिलोनाका मेस्सीलाई उछिनेर युरोपको शीर्ष पाँच लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

तर, क्लोपका अनुसार २५ वर्षीय सलाह आफ्नो खेलमा केन्द्रित छन् । मलाई लाग्दैन कि सलाह लिओनल मेस्सीप्रति तुलना गर्न चाहन्छन्, उनले भने ,।

मेस्सीले डिएगो म्याराडोनाले जस्तै टिममा प्रभाव पार्दै आएको उनले बताए । तर, सलाह गजबको लयमा छन्, यो सत्य हो, क्लोपले भनेका छन्, अरु सदस्य उनीसँग खेल्न मन पराउँछन्, उनी अरु सदस्यसँग ।

सलाहले मात्र ९ महिनामा लिभरपुलका लागि ३६ गोल गरका छन्, यो एन्फिल्डमा डेब्यू सिजनमा कुनै खेलाडीले गरेका थिएनन् । जसमध्ये प्रिमियर लिगमा मात्र २८ गोल छ र, अझै ७ खेल खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment