Comments Add Comment

चेतन भगत भन्छन्: बुद्धिमान मानिस पनि प्रेममा मूर्ख हुनसक्छ !

‘चेतन भगत भारतीय इतिहासका  सर्वाधिक विक्री हुने अंग्रजी उपन्यासकार हो ।’

युवापुस्तामाझ सर्वाधिक प्रिय लेखक चेतन भगतको प्रसंशामा न्यूर्योक टाइम्सले यसै लेखेको थियो । चेतन दिल्लीमा जन्मिएका हुन् र अहिलेका बेस्ट सेलर लेखक हुन् । यद्यपी चेतन अझै अघाएका छैनन् । उनी भन्छन्, ‘जबसम्म हिन्दी पाठकहरुसम्म आफ्नो लेख पुग्दैन तब सम्म म भारतीय लेखक होइन ।’ चेतनले अंग्रेजीमा लेख्छन् ।

उनको उपन्यासमा आधारित रहेर ‘थि्र इडियट्स’, ‘टु स्टेट’, ‘काई पो चे’ जस्ता फिल्म बनेका छन् ।  उनी प्रेरक वत्ता पनि हुन् । विद्यार्थीहरुमाझ प्रेरक प्रवचन दिने गर्छन् ।

चेतन भगतको प्रेरक विचारहरु

१. एक बुद्धिमान व्यक्ति पनि आफ्नो प्रेममा मूर्ख हुनसक्छ ।

२. आफुले आफुलाई सुधार्नुका लागि यति धेरै व्यस्त राख्नुहोस् कि कसैको आलोचना गर्ने समय पनि नहोस् ।

३. गम्भिर नबन्नुहोस् तर आफुप्रति इमान्दार बन्नुहोस् ।

४. जब तपाईको जीवनमा एक महिला आउछिन्, तब तपाईको जीवनको सबैथोक व्यवस्थित हुन्छ ।

दुनियामा सबभन्दा समझदार र सबभन्दा मूर्ख व्यक्ति हामी भित्र नै हुन्छ । तर, हामी कसैलाई यो भन्न सक्दैनौ कि, त्यो के खराब हो र त्यो के सही हो ।

४. हामीलाई उनैबाट हार्न चाहनुपर्छ, जोसँग मस्तिष्क वा दिमाग नहोस् तर दिल अवश्य होस् ।

५. हामीले जिन्दगीलाई जटिल रुपमा जिउनु आवश्यक छैन । किनभने यो एक पि्रपेड सिमकार्ड जस्तै हो । जसकोे निश्चित समयपछि  आयु सकिन्छ ।

६. ईष्र्या एक सुखद अनुभव हो, जुन तपाई जहाँ भएपनि देख्न सक्नुहुनेछ ।

७. जीवन जबसम्म कठिन छ, तबसम्म यसको बारेमा मानिस कुरा गरिरहन्छ ।

८. जहिल्यै पनि शानसँग जिउनुहोस् , अरुको लागि जिउनुहोस् यहि एउटा तरिका हो जसले तपाई  जहाँ गएपनि सम्मान पाउन सक्नुहुनेछ ।

९. हाम्रो शिक्षा प्रणाली केवल रट्ने र जिन्दगी भर याद गर्नुको लागि सिकाइन्छ । तर हामीले आफ्नो जिन्दगीमा कसरी निर्णय लिने भन्ने कुरा कहिल्यै सिकाइदैन् ।

१०. दुनियामा सबैभन्दा सजिलो काम सल्लाह दिनु हो । तर यस्को पालना गर्नु त्यती नै मुस्किल हुन्छ ।

११. म पनि एक मानिस हुँ, अनि पूर्ण रुपले सहि पनि हुन सक्दिन किनकी म पनि गल्ति गर्छु ।

१२. हार कहिल्यै पनि नमान्नुहोस्, कुनै दिन तपाईको जित हुनेछ ।

१३. जब-जब तपाईको साथ कोहि पनि हुनेछैन । तब, आफ्नै जय-जयकारका लागि स्वंमले एउटा टिम बनाउनुपर्छ ।

१४. त्यसबेलासम्म तपाईको जीवन बद्लिने छैन, जबसम्म कुनै नयाँ काम गर्न चाहनुहुन्न । त्यसैले नयाँ काम गर्न चाहनुहोस् र सधै अगाडि बढ्नुहोस् ।

१५. आफुमा भएको ज्ञान अरुलाई देखाउनका लागि होइन । यदि मैले सर्वोत्कृष्ट ढंगले काम गरे भने अरुले स्वत मलाई देख्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment