+
+
Shares

गाडी दुरुपयोग गरेको भन्दै नलगाड हाइड्रोपावरलाई स्थानीयको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ४ गते १३:२९

४ चैत, काठमाडौं । नलगाड हाईड्रोपावर कम्पनीलाई प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न चार बुँदे माग राखी चेतावनी दिएका छन् ।

काठमाडौँको थापागाउँमा रहेको कार्यालयमा पुगी आइतबार जाजरकोटीले चेतावनी दिएका हुन् । बा१७च ५२०७ नम्बरको गाडी दुरुपयोग भएको भन्दै तत्काल कम्पनीमा ल्याइनुपर्ने माग उनीहरुको छ ।

यस्तै प्रभावित क्षेत्रका स्थानीयवासीलाई विशेष प्राथमिक दिएर काम गर्नुपर्ने, जथाभावी रुपमा नियुक्त गरिएका कर्मचारीहरु तत्काल हटाउनुपर्ने र ताँसुगाड जलविद्युत आयोजना निर्माणलाई तीव्रता दिनुपर्न उनीहरुले बताएका छन् ।

बा१७च ५२०७ नम्बरको कम्पनीको गाडी दुरुपयोग गरी व्यक्तिगत प्रयोजनमा लगाएको भन्दै प्रभावित क्षेत्रका स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।

हाइड्रोपावरका कार्यकारी अधिकृत (सीईओ) नरेन्द्रसिंह भण्डारीको मिलोमतोमा सल्यानका कृष्ण शर्माले भदौ महिनादेखि व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको भन्दै  जाजरकोटीले बिरोध गरेका हुन् ।

राजनीतिक आडमा जाजरकोट नलगाड नगरपालिकाका प्रभावित क्षेत्रका स्थानीय, बुद्धिजिवीसँग समन्वय नगर्दा काममा समेत समस्य भइरहेको छ ।

सीईओ भण्डारीले भने गाडीको दुरुपयोग भएको बारे आफूलाई थाहा नभएको प्रतिकि्रया दिएका छन् । ‘उनीहरुले त्यही कुरा ल्याएर यहाँ आएका थिए,’ उनले भने,’गाडी दुरुपयोग भएको बारे थाहा भएन, बुझ्नु पर्छ ।’

यता नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाबाट काठमाडौँमा रहेको हाइडो्रपावरको कार्यालयमा सूचना बुझन जाँने व्यक्तिलाई भण्डारीले प्रवेशमै रोक लगाएको प्रभावित क्षेत्रका सेवक चन्दले वताए ।

आफ्ना माग २४ घण्टा भित्र सम्बोधन नभए कम्पनीको कार्यालयमा तालावन्दी गरिने अर्का प्रभावित धर्मराज सिंहले बताए ।

नलगाड हाईडोपावर निर्माणका लागि चाहिने विद्युत उत्पादनका लागि निर्माण हुँन लागेको रग्दास्थित ताँसुगाड जलविद्युत आयोजना निर्माण हुँन नदिन अर्को विद्युत निकाल्नका लागि सम्झौता भइसकेको समेत प्रभावित क्षेत्रका स्थानीयले आरोप लगाएका छन् ।

जाजरकोटका सांसदलाई समेत खबर नगरी बिभिन्न दीर्घकालीन निर्णय गराउँदै जाँदा हाइडो्रपावर निर्माणमा समस्य देखिएको सांसद गणेसप्रसाद सिंहले जानकारी दिए ।

४१० मेगावाटको हाइडो्रपावर जाजरकोटको नलगाड नगरपालिका वडा ७ मा निर्माण हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?