Comments Add Comment

हङकङमा अनुपको सेल्फीमा अनमोल र भूवन


नायक अनुप विक्रम शाहीले चलचित्र ‘कृ’ रिलिजको समयमा आफ्नो भूमिका काटिएको भन्दै दुखेसो पोखे । उनले दुखेसो पोख्दै गर्दा नेपालमा चलचित्र रिलिज भैरहेको थियो । अनुपको यो गुनासोसँगै चलचित्रका निर्माता भूवन केसी र नायक अनमोल केसीसँग कतै उनको सम्बन्ध विग्रिएको त होइन भन्ने चर्चा पनि चल्यो ।

तर, अहिले अनमोल, भूवन र अनुप हङकङ पुगेका छन् । हङकङमा आज बेलुकी आयोजना हुन लागेको चलचित्रको शोका लागि उनीहरु त्यहाँ पुगेका हुन् ।
हङकङमा भूवन, अनमोल र अनुप घुमघाम गरिरहेका छन् । अनलाइनखबरलाई प्राप्त तस्बिरमा अनुपले खिचेको सेल्फीमा भूवन र अनमोल मुस्कुराएका छन् । जापानको शो सकेर भूवन र अनमोल अनुपसँगै हङकङ पुगेका हुन् ।

नेपालमा समेत राम्रो कमाई गरेको चलचित्रले अहिले विदेशमा पनि राम्रो दर्शकको साथ पाइरहेको छ । अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । सुवास गिरी र भूवन केसीले मिलेर चलचित्र बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment