४ चैत, सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्ध उपमहानगरको खाका प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गर्दै मेयर डा. पौडेलले उपमहानगरको वर्तमान अवस्था र सम्भावनाको खाका प्रस्तुत गरेका हुन् ।
मेयर डा. पौडेलले राष्ट्रिय गौरवका आयोजना, औद्योगिक करिडोर, निकुञ्जलगायत विभिन्न पूर्वाधार र सम्भावनाले उपमहानगरलाई समृद्ध बनाउन सकिने आधारसहित ज्ञापन बुझाएका छन् ।
डा. पौडेलले सरकारबाट समृद्धिको अभियानमा सहयोगको अपेक्षा राखेको बताए । भेटमा प्रधानमन्त्री ओलीले उपमहानगरले बुझाएको ज्ञापनलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4