Comments Add Comment

एक महिनामा ८ महिला बलात्कृत, ७ जना पक्राउ

४ चैत, सप्तरी । जिल्लामा एक महिलाभित्र बालबालिका र महिला गरी ८ जना बलात्कारको शिकार भएका छन् ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ भने केही फरार छन् ।

पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिकामा एक दलित महिलासँग दुष्कर्म गर्ने सोही गाउँपालिका ७ निवासी जिबछ राम र इसराइल मियाँ छन् । रामलाई गाउँपालिकाको वडा नम्बर ७ स्थित गहुँ खेतमा लुकेको अवस्थामा र मियाँलाई भारतबाट पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख मुकेश सिंहले जानकारी दिए ।

राम र मियाँ मिलेर फागुन २५ गते एक महिलालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

यस्तै शम्भुनाथ नगरपालिका ३ की १८ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमान एटलान्टिक चौधरी र अजय चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । फागुन २८ गते राति पाँच जना मिलेर १८ बर्षीया दलित बालिकाको बलात्कार गरेका थिए ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

यस्तै घर पुर्‍याइदिन्छु भन्दै लिफ्ट दिएर महिलालाई माइक्रो बसभित्रै बलात्कार गरेको अभियोगमा चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका १ बस्ने बैजनाथ दास छन् ।

सप्तरीको छिन्नमस्ताबाट काठमाडौं चल्ने बा ५ ख ३१४१ नम्बरको माइक्रोका चालक दासले फागुन २९ गते राति १२ बजेतिर छिन्नमस्ता-राजविराज सडक खण्डमा झापा बिर्तामोडकी २४ बर्षीया युवतीलाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

माइक्रोबसका सह चालक बाँकेको सुनरी गाउँपालिका ५ बस्ने खेमराज वैश्यलाई पनि प्रहरीले पक्रेको छ ।

यस्तै ३ बषर्ीया बालिकासँग बलात्कार गरेको अभियोगमा ४० बषर्ीय पुरुषलाई पनि पक्राउ गरेको छ । शम्भुनाथ नगरपालिका २ बस्ने १३ बषर्ीया बालिकालाई बलात्कार गरेको अअभियोगमा गेनाई रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक महिनामा आठ बलात्कारका घटना

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो फागुन महिनामा मात्रै आठ वटा बलात्कारका घटना भएका छन् । सात वटा घटनाको जिल्ला प्रहरी कार्यालय मार्फत र एउटा घट्नाको इलाका प्रहरी कार्यालय कंचनपुरबाट मुद्दा दायर गरिएको छ ।

बलात्कारको शिकार भएका मध्ये ४ जना बालिका छन् । घटनामा संलग्न भएको अभियोगमा सात जना पक्राउ परेका छन् भने ६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

गाउँमा पंचैती

सप्तरी प्रहरीले बिष्णुपुर गाउँपालिकामा भएको बलात्कार घटनामा प्रहरीले भोलिपल्ट बिहान ११ बजे सूचना पाएको थियो ।

‘साँझ बलात्कार भएको घट्नाको जानकारी भोलिपल्ट बिहान ११ बजे आयो’ सप्तरीका एसपी मुकेश कुमार सिंहले भने, ‘जानकारी पाए लगत्तै त्यहाँ गएपछि पन्चैती बसाउने तयारी भइरहेको थियो ।’

यद्यपि आफूले मुद्दा दर्ता गराई पीडकलाई नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ ।

कतिपय बलात्कारका घटना भने गाउँघरमै ठूलाबडाले लुकाउने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment