Comments Add Comment

मेची-कोशीमा २० वर्ष पुराना ३५ सय सवारी

४ चैत, इटहरी । पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले २० वर्ष भन्दा पुराना १३ वटा सवारी नियन्त्रणमा लिएको छ । उदयपुरबाट १ वटा र बाँकी १२ झापा मोरङ र सुनसरी जिल्लाबाट नियन्त्रण गरिएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार लम्सालले बताए ।

लम्सालका अनुसार प्रहरीले यातायात व्यवस्था विभागको निर्णय अनुसार चैत १ गतेबाटै २० वर्ष पुराना सवारीहरू सडकमा गुडेको भेटिनासाथ नियन्त्रणमा लिन थालिएको छ ।

प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सप्तरी र सिरहा समेत हेर्ने कार्यक्षेत्र भएको पूर्वक्षेत्रीय ट्राफिक कार्यालयले सबै जिल्लामा गुड्ने पुराना सवारी नियन्त्रण लिने मिसन जारी रहेको बताएको छ ।

‘पुराना सवारीले दुर्घटना र प्रदूषणको दुवै खतरा छ’ एसपी लम्सालले भने, ‘त्यसको तत्काल नियन्त्रण र नियमनको लागी यातायात व्यवस्था विभागले चैत १ गतेपछि गुडाउन नपाउने निर्णय गरेकाले यसको कार्यान्वयनमा हामी लागी परेका छौँ ।’

पूर्वका १६ जिल्ला हेर्ने पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयमा जनशक्ति अभावले सबै अवैध सवारी नियन्त्रणमा छिटो काम गर्न भने असहज भएको छ । एसपी लम्सालका अनुसार पूर्वमा ४ सय ४१ मात्रै ट्राफिक प्रहरी भएकोले सबै पूर्वका हिमाल, पहाड र तराईका सवारी चेकिङमा केहि असहज भएको बताउँछन् ।

मेची-कोशी क्षेत्रमै ३ हजार बढी २० वर्ष पुराना गाडी

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले सञ्चारमाध्यममा पुराना गाडी विस्थापन गर्दा २ हजार पुराना गाडी देशभरबाट विस्थापन हुने बताएका थिए ।

तर, २ हजार बढी २० वर्ष भन्दा पुराना गाडीहरू कोसी क्षेत्रमै भएको पाइएको छ । इटहरीमा रहेको कोशी अञ्चल यातायात व्यवस्था कार्यालयको सवारी शाखाका अनुसार गत फागुन मसान्त सम्ममा २० वर्ष बुढा हुने सवारीहरू २ हजार २९ पुग्छन् ।

२० वर्ष पुग्ने सवारीमा बस र मिनिबसको संख्या ३ सय ३५, ट्रक, मिनिट्रक र टिपरको संख्या ६ सय १८ छन् । यस्तैगरी २० वर्ष पुगेका कार, जिप, भ्यान, पिक अप र माइक्रोको ९४४ छ भने ल्याण्डरोभरको संख्या १३२ रहेको छ ।

यस्तैगरी यातायात कार्यालय मेचीकाअनुसार साना, मझौला तथा ठुला सवारी गरि जम्मा १५ सय ३४ सवारी बीस वर्ष पहिले दर्ता भएका छन् ।

कोशी अञ्चल यातायात कार्यालयका निमित्त कार्यालय प्रमुख भूपेन्द्र राई यातायातको तथ्याङ्क अनुसार ट्राफिकले सवारी नियन्त्रणमा लिँदा सहज र छिटो हुने बताँउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment