Comments Add Comment

ऊर्जा मन्त्री पुनले कर्मचारीलार्इ भने- अाफ्नो अनुहार सफा गर्नुस्

५ चैत, काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले कर्मचारीहरूको मिलेमतोमा खोलाजति झोलामा र विजुली चोरी हुने गरेको अारोपबाट मुक्त हुन भन्दै कर्मचारीहरूलार्इ अाफ्नो मुहार सफा गर्न निर्देशन दिएका छन् ।

कर्मचारीकै मिलेमतोमा विजुली उत्पादन हुन नसकेको र विद्युत चोरी हुने गरेको बुझाइ जनतामा भएको भन्दै मन्त्री पुनले भने-, ‘यो आरोपबाट मुक्त हुनका लागि अब आफ्नो अनुहार सफा गर्नुस् । ‘

नेपाल विद्युत प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पुनले  नेपालमा विजुलीको बजार ग्यारेण्टी गरेर निजी र बैदेशिक लगानी प्रोत्साहित गर्ने वातावरण बनाउन विद्युत प्राधिकरणलाई निर्देशन समेत दिएका छन् ।

आफू अर्थमन्त्री हुँदा विदेशीहरु आएर लगानीका लागि कुरा गर्ने तर अन्तिममा बजार छैन भनेर जवाफ पठाउने गरेको स्मरण गर्दै उनले बजारको ग्यारेण्टी गरिदिनुपर्ने बताएका हुन् ।

आयात प्रतिस्थापन मात्रै गरियो भने पनि ठूलो अर्थतन्त्र नयाँ ढंगले लैजान सक्ने उनको भनाइ थियो । त्यसका लागि निजी क्षेत्रलाई नियन्त्रण नगरी प्रोत्साहन गर्नु आवस्यक रहेको मन्त्री पुनले बताए ।

अहिलेसम्म ऊर्जा भनेको विजुली बाल्ने मात्र हो भन्ने सोच भएपनि ऊर्जाको उपयोग हुन नसकेको उनको भनाइ छ ।

देशमा अहिले एक खर्ब बरारबरको पेट्रोलियम पदार्थ आयात गरिरहेकोले त्यसलाई प्रतिस्थापन गरेर अर्थतन्त्र नयाँ ढंगले लैजान जोड दिए ।

मन्त्री पुनले कर्मचारीहरुलाई सत्तापक्ष र प्रतिपक्ष नभइ जनताको काम गर्न पनि निर्देशन दिए ।

मन्त्री पुनले जनताको लिभिङ्ग स्टाण्डर्ड हेरेर कर्मचारीको सेवा सुविधाका बारेमा आफैले व्यवस्थापन गर्ने भएकोले यसको विषयमा चिन्ता नगर्न पनि सुझाव दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment