Comments Add Comment

प्रदेश ५ मा थपिए ३ मन्त्री, एमालेका २, माओवादीका १

५ चैत, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद विस्तार गरी ६ सदस्यीय पुर्‍याएका छन् । यसअघि ३ सदस्यीमात्रै रहेकोमा सोमबार ३ जना मन्त्री थपिएका हुन् ।

आइतबार सुदर्शन बरालले सामाजिक विकास मन्त्रालय, लिला गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण र आरती पौडेलले भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका छन् ।

थपिएकामध्ये बराल नेकपा माओवादी केन्द्रका हुन् भने गिरी र पौडेल नेकपा एमालेका हुन् । बराल गुल्मी १ क बाट, गिरी रुपन्देही २ क बाट र पौडेल बाँके १ ख बाट निर्वाचित भएका हुन् ।

फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले सोही दिन नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी र एमाले बैजनाथ चौधरीलाई समावेश गरी ३ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment