Comments Add Comment

नेपाली क्रिकेट खेलाडीको भव्य स्वागत, शरद अमेरिका लागे


५ चैत, काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता दिलाएर घर फर्केका नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरिएको हो । क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए ।

खेलाडीलाई स्वागत गर्न सयौँ समर्थकहरु विमानस्थल पुगेका थिए । उनीहरुले क्रिकेट टिमको प्रशंसा गर्दै नाराबाजीसमेत गरे ।

आईसीसी छनौटको समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्ले अफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलता हो ।

नेपाली क्रिकेट टोली स्वदेश फर्किदा टोलीका सदस्य शरद भेषावकर भने अमेरिका गएका छन् । दुबईसम्म नेपाली टोलीसँगै आएका उनी त्यसपछि अमेरिकातर्फ गए ।

गर्भवती रहेकी उनकी पत्नी निशा अधिकारी अमेरिकामा रहेकाले उनलाई भेट्न शरद अमेरिका गएका हुन् ।

नेपाली टोली जिम्बाब्बेको हरारेबाट युएई हुँदै काठमाडौ आएको हो ।

हेर्नुस् तस्वीरहरु : 

    

तस्वीरहरु : मिलन अधिकारी, चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment