+
+
Shares

इराकमा वेपत्ता भएका ३९ भारतीय अब जीवित छैनन् : स्वराज

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ६ गते १२:१५


६ चैत, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले इराकमा २०१४ मा अपहरणमा परेका ३९ भारतीय मारिएको बताएकी छन् । उनीहरु चरमपन्थी संगठन आईएसको हातबाट मारिएका स्वराजको भनाइ छ ।

राज्यसभालाई सम्बोधन गर्दै स्वराजले मोसुलबाट वेपत्ता भएका ३९ भारतीय अब जीवित नरहेको बताएकी हुन् । उनीहरुको अवस्थाबारे अहिलेसम्म अनिश्चिता थियो ।
अपहरणमा परेका हरजीत मसीह मुसलमानले भने भागेर ज्यान जोगाएका छन् ।

विदेशमन्त्री स्वराजका अनुसार सबैको एक एकै ठाउँमा गाडिएको अवस्थामा भेटिएको थियो र मृतकका परिवारको डीएनए स्याम्पल म्याच गरेर मृत्युको पुष्टि गरिएको हो ।

मारिनेमा पञ्जाबका ३१, हिमाञ्चलका ४ र बाँकी पश्चिम बंगाल र बिहारका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?