Comments Add Comment

पर्सामा २० वर्ष पुराना १६ वटा गाडी नियन्त्रणमा

६ चैत, वीरगञ्ज । पर्सामा ट्राफिक प्रहरीले २० वर्ष पुराना १६ वटा गाडी नियन्त्रणमा लिएको छ । सरकारले चैत १ गतेदेखि २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाए पनि यी गाडीहरु सञ्चालनमा रहेकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

चैत १ गतेदेखि चेकजाँच गर्दा सञ्चालनमा रहेको पाइएको १६ वटा २० वर्ष पुराना गाडी नियन्त्रणमा लिएको पर्साका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेशकुमार साहले जानकारी दिए ।

उनका अनुसार सरकारको निर्देशन विपरीत सञ्चालनमा रहेका ९ वटा टेम्पो, स्कुल बस र अन्य बस गरी ४ वटा, जीप, मिनी ट्रक र ट्रक १ /१ वटा नियन्त्रणमा लिइएको छ ।

२० वर्ष पुरानो भए पनि सडकमा नगुडेका सवारीसाधन भने नियन्त्रणमा लिइएको छैन । ‘अनुगमन र चेकजाँचलाई निरन्तरता दिइरहेका छौं । ट्राफिक प्रहरी नभएका ठाउँमा पनि नेपाल प्रहरी खटिएका छन्’ उनले भने ‘सरकारको निर्देशन अटेर गरी सञ्चालनमा आउने सवारी साधन नियन्त्रणमा लिन्छौं ।’

नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय नारायणीमा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

सरकारको निर्णय कार्यान्वयनको लागि पर्साका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसहितको चेकिङ टोली निरन्तर खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment