Comments Add Comment

एमाले पूर्वसांसद गुप्ता असन्तुष्ट, पार्टीलाई तीन दिने अल्टिमेटम

६ चैत, वीरगञ्ज । एमाले नेता एवंम पूर्वसांसद राजकुमार गुप्ताले पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

उनले पार्टी विधि सम्वत ढंगले नचलेको भन्दै मंगलबार एमाले पर्सा जिल्ला कार्यालयमा तीन दिने अल्टिमेटमसहितको ज्ञापन पत्र दर्ता गराएका हुन् ।

ज्ञापनपत्रमा पार्टीलाई विधि सम्वतरुपमा चालाउनुपर्ने लगायत स्थानीय पार्टी कमिटीका विविध समस्यालाई समेटिएको छ ।

जनबादी केन्द्रीयताको आधारमा पार्टी संचालन हुनुपर्ने, स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध टिकट वितरण गरिएको, नगर कार्यपालिकाको निर्वाचनमा एमाले पराजित हुनुका कारण खोजिनुपर्ने, स्थानीय तहको निर्वाचन र संसद तथा प्रदेश सभाको निर्वाचनमा असहयोग गर्ने र पार्टी हित विपरीत काम गर्नेलाई कारवाही गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।

साथै ज्ञापनपत्रमा वर्र्षौं बितिसक्दा पनि जिल्ला अधिवेशन नगर्नु, पार्टीका ठूला नेताहरु वस्तुगत अवस्थाको विश्लेषण बिना नै चुनाव लड्नु स्थानीय तहको टिकट बितरणमा आर्थिक चलखेल भएको आशंका जन्मनु जस्ता समस्याका कारण पार्टी कमजोर भएको दावी गरिएको छ ।

उनले यी सबै समस्या तीन दिनभित्र समाधान नभएमा नेतृत्वको बहिस्कार र पार्टीको हितको लागि आन्दोलनका कार्यक्रम थाल्ने चेतावनी दिएका छन् ।

विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई व्यवस्थापन गर्दै क्षमता अनुसारको जिम्मेवारी र कमिटी बिस्तार गर्न समेत ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापन पत्रको बोधार्थ एमालेको केन्द्रीय कार्यालय र प्रदेश कमिटीलाई समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment