Comments Add Comment

यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

५ चैत, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तिम खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

नेपालले मार्च २७ मा दोहामा यमनविरुद्ध खेल्दैछ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइ मात्र हो ।

२० सदस्यीय नेपाली टोलीमा जर्ज पि्रन्स कार्की पनि अटाएका छन् । नेपाली टोलीमा विमल घर्ती मगर, नवयुग श्रेष्ठ, विशाल राई, रोहित चन्द र हेमन गुरुङ छन् ।

यस्तै हेमन्त थापा मगर, सुजन श्रेष्ठ, सुनिल बल, अन्जन विष्ट, सुमन लामा, विराज मर्हजन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी र अनन्त तामाङ पनि छन् ।

यसैगरी दिनेश राजवंशी, किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने पनि टोलीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment