+
+
Shares

कांग्रेसको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ६ गते १८:४२

६ चैत,काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्ना सदाबहार सहयोगी खाँणलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका हुन् । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।  यसअघि प्रमुख सचेतकमा मिनेन्द्र रिजाल र मीन विश्वकर्माको चर्चा चलेको थियो ।

देउवाले यसअघिनै दलको उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनित गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?