+
+
Shares

मुख्यमन्त्रीहरूलार्इ प्रधानमन्त्रीको आग्रहः विकासमा प्रतिस्पर्धा गर्नुस्

रासस रासस
२०७४ चैत ७ गते १४:४१

७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गरेका हुन् । दिगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै उनले १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।

‘स्थानीय, प्रदेश र केन्द्रीय सरकार कसैलाई पनि असफल हुने छैन विभिन्न चरणमा क्रान्ति गरियो अब समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प छैन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भने ।

प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत समस्या सुल्झाउन पनि प्रधानमन्त्री ओलीले दिर्नेशन दिएका छन् । उनले भने, ‘गरिबी निवारणमा सबै लाग्नुपर्छ, अब तराईमा कठ्याङिग्रएर कसैले मर्नु पर्दैन, प्रदेश सरकारका लागि के कुरा आवश्यक पर्छ त्यो स्पस्ट धारणा राख्नुस् ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?