Comments Add Comment

तपाईलाई थाहा छ ? फेसबुकले तपाईलाई कसरी बेचिरहेको छ !

७ चैत, काठमाडौं । फेसबुक अहिलेसम्मकै ठूलो संकटसँग जुधिरहेको छ र कम्पनीको पहिलो प्रतिक्रियाले उसलाई कुनै राहत दिएको छैन ।

२०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ५ करोड युजर्सको निजी जानकारी चोरेको आरोप छ ।

फेसबुकका डेटा सुरक्षा प्रमुख एलेक्स स्टमसको प्रस्ताविक विदाइले कम्पनीको देशभरका कार्यालयमा चिन्ता बढेको छ ।

अब फेसबुकका प्रमुख मार्क जुकरबर्ग पनि प्रश्नको घेरामा आएका छन् ।

जब रुसले फेसबुकको प्रयोग गरेर २०१६ को अमेरिकी चुनाव प्रभावित गरेको आरोप लागेको थियो, त्यसबेला मार्क जुकरबर्गले यसलाई ‘पागल’ कुरा बताएका थिए ।
तर, केही महिनापछि उनले फेसबुकमा भाइरल हुने गरेको गलत खबर रोक्ने उपायको घोषणा गरे ।

यस पटक च्यानल ‘४ न्यूज’को अन्डरकभर रिपोर्टिङ र द न्यूयोर्क टाइम्सको खबरमा प्रतिक्रिया दिँदै उनले भनेका छन् कि लाखौं डेटा जम्मा गरेर थर्ड पार्टीलाई दिएको छ । तर, यो डेटा उल्लंघनको दायरामा आउँदैन ।

फुसबुक र क्याम्ब्रिज एनालिटिका दुबैले कुनै पनि प्रकारको गडबडी र नियम उल्लंघन अस्वीकार गरेका छन् । यदि यो डेटा सुरक्षा उल्लंघन होइन र यो कम्पनीको चिन्ताको विषय होइन भने दुई अर्ब फेसबुक युजर्सका लागि चिन्ताको विषय हो ।

फेसबुकले अप्रत्यासित रुपमा कमाई गरेका छन् र जुकरबर्ग विश्वकै धनी मानिस बनेका छन् । धेरै युजरलाई यो थाहा छैन कि सोसल मिडिया कम्पनी उनको बारेमा कति जानकारी राख्छन् । फेसबुकको बिजनेस मोडल उसको डाटाको गुणस्तरमा आधारित हुन्छ । फेसबुकले डाटा विज्ञापनदातालाई बेच्छ ।

विज्ञापनदाताले स्मार्ट म्यासेजिङको माध्यमबाट प्रभावित पार्छ र आफ्नो सामान बेच्न खोज्छ ।

द टाइम्स लेख्छ, ‘अहिले जे भइरहेको छ, त्यो यसकारण हो कि फेसबुकले सामान मात्र होइन, राजनीति पनि बेचिरहेको छ ।हाम्रो सोचलाई प्रभावित पार्न स्मार्ट म्यासेजिङको प्रयोग गर्न चाहन्छन् ताकि हामीले कुनै खास उम्मेदवारलाई मत दिऔं । उनीहरुले यसको प्रयोग आम सहमतिलाई कमजोर बनाउन र सत्यलाई लुकाउन पनि प्रयोग गर्ने गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment