७ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आगामी वर्षलाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताएकी छन् ।
केही वर्षभित्र बाग्मती, विष्णुमती र धोबीखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उनले बताइन् ।
आफ्नो कार्यकालमा बाग्मतीमा र्याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने मन्त्री मगरको प्रतिवद्धता छ । रिपोर्टर्स क्लबको साक्षात्कारमा खानेपानी मन्त्री मगरले भनिन्, ‘त्यसको लागि प्राकृतिक र कृत्रिम रुपमा पानीको बहाव बढाउँछौं ।’
दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने उनको दाबी छ । मन्त्री मगरले भनिन्, ‘कम्तीमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर-घरमा पुर्याउने स्पिरिटका साथ काम गर्दैछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4