Comments Add Comment

किशोरवयको सुरुवातमा किन सिकाउने यी कुरा ?

छोराछोरी किशोर अवस्थामा पुगेपछि उनीहरुलाई अतिरिक्त रेखदेख गर्नुपर्छ । साथसाथै उनीहरुलाई व्यवहारिक कुरा पनि सिकाउनु पर्छ । किताबी ज्ञानले मात्र व्यवहारिक जीवन चल्दैन । त्यसैले उनीहरुलाई घर-परिवारमै व्यवहारिक ज्ञान दिनुपर्छ । खासमा भन्ने हो भने, घर पनि बच्चाहरुको लागि विद्यालय सरह हो । उनीहरु घरमै पनि धेरै कुरा जान्न र बुझ्न सक्छन् ।

भलै आफ्ना छोराछोरीलाई काम गराउनुपर्ने अवस्था नहोला । वा उनीहरुको सहयोग लिनुपर्ने अवस्था नहोला । तर, उनीहरुलाई घरको सानोतिनो काम सिकाउने हो भने त्यसबाट उनीहरुले व्यवहारिक ज्ञान आर्जन गर्छन्, जो जीवनोपयोगी हुन्छ ।

यसले उनीहरुलाई श्रम गर्न सिकाउँछ । मिहेनत गर्न सिकाउँछ । काम गर्ने क्रममा गल्ती हुन्छ, त्यसलाई सच्याउन सिक्छन् ।

भान्साको काम

किशोरावस्थाको सुरुवातमा बच्चालाई सामन्य खानेकुरा बनाउन सिकाउनु पर्छ । जस्तै-चिया पकाउनु , स्यान्डविच बनाउनु, आदि जुन खानेकुरा बच्चालाई मन पर्छ उसलाई यसरी पकाउनुपर्छ भनि सिकाउँदा बच्चालाई पनि सिकाउन सजिलो हुन्छ ।

स्कुलको टिफिनको बट्टा आफै सफा गर्ने बानी गराउने, त्यस्तै खाना पस्किने आफ्नो सामन मिलाउनु, सफा गर्नु जस्ता काम सिकाउनुपर्छ । यसले गर्दा बच्चा आत्मनिर्भर बन्छ ।

विहान आफै उठ्ने बानी

धेरै जस्तो बच्चालाई लाग्छ कि बिहान उठाउने काम आफ्नो अभिभावकको हो ।  अभिभावकले नउठाए किन आफै उठ्ने भनि सुरुमा लापरवाही गरे पनि पछि गएर समस्या बन्न सक्छ ।

यस्ता बच्चा कहिल्यै पनि कुनै सेड्युल फलो गर्न सक्दैन । जहाँ पनि ढिलो पुग्ने हुन्छ त्यसैले बिहान आफै उठ्ने बानी सिकाउनु पर्छ । र आफै स्कुलको लागि तयार हुनुपर्छ ।

कपडा धुने

स-साना कपडा जस्तै-रुमाल ,स्कार्फ, अंडरगारमेन्टस् आदि धुने बानी किशोरावस्थाको सुरुवातमा नै सिकाउनुपछर््र । जब बच्चा कपडा धोइरहको हुन्छ उसको साथ कुरा गरिरहनुपर्छ ।

कुरा गर्दा गर्दै बच्चालाई कपडा कसरी धुने भन्ने टिप्स सिकाउनुपर्छ । जस्तो कि कपडामा किन निर लगाइन्छ , कपडालाई कडा घाममा किन सुकाउनु हुँदैन् आदि । विस्तारै विस्तारै बच्चालाई कपडा धुनमा मजा आउन थाल्छ ।

आफ्नो सामन मिलाउनु

प्राय बच्चाको आमाले आफै नै बच्च्ााको जरुरी सामन ब्यागमा राखदिने गर्छन् । ताकि बच्चालाई स्कुलमा कुनै परिसानी नहोस् । तर विस्तारै बच्चाको वानी बिग्रदै जान्छ । यस्ता बच्चा ठूलो भएपछि पनि आफ्नो अभिभावक बाट यस्तै अपेक्षा गर्छन् । त्यसैले सुरुबाट नै आफ्नो सामन आफै मिलाउनु र ब्यागमा राख्ने बानी सिकाउनुपर्छ ।

रेष्टुरेन्टमा खाना आफै अर्डर गर्ने

जव खाना खानको लागि बाहिर गइन्छ तव बच्चालाई सबैको मनपर्ने खानेकुरा अर्डर गर्नेको मौका दिनुपर्छ । साथै उसलाई अर्डर गर्दा वेटरसंग सानो र नरम आवजमा विनम्र भएर बोल्न सिकाउनुपर्छ । बिल तिर्नु, टिप्स दिनु पनि सिकाउनु पर्छ । ताकि समयमै सिकाएको कुरा जीवनभरको लागि काम लाग्छ ।

आफ्नो समस्या आफै सुल्झाउनु

चाहे स्कुलको होस् वा आसपासको बच्चाको साथ खेल्ने बेलाको होस् उनीहरुसंग भएको सानो तिनो झगडा आफै सुल्झाउनु लगाउनुपर्छ । विद्यालयको साथीको व्यवहारबाट दिक्क भएको छ भने  अभिभावक गएर शिक्षकसँग कुरा गर्नु भन्दा उसलाई आफै गएर टिचरसंग कुरा गर्न लगाउनुपर्छ । बच्चालाई आफ्नो समस्या आफै सुल्झाउनु लगाउनुपर्छ ताकि उ आफुलाई कहिल्यै अयोग्य नसम्झोस् । र, जिन्दकीको दौडमा उसलाई धेरै समस्यासंग जुँध्न नपरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment