+
+
Shares

आफ्नो नामको बायोग्राफी आएपछि सञ्जय दत्त आगो

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ८ गते ११:३३

बलिउड अभिनेता सञ्जय दत्त यतिबेला रिसले आगो बनेका छन् । रिसाउनुको कारण हो उनको नाममा आएको एउटा बायोग्राफी ।

सञ्जय दत्तको बायोग्राफी भन्दै यासीर उस्मानले निकालेको किताब ‘सञ्जय दत्तः द क्रेजी अनटोल्ड लव स्टोरी अफ बलिउड ब्याड ब्वाई’ ले यति बेला भारतीय सञ्चारमाध्यममा हंगामा पिटिरहेको छ । सञ्जय दत्तले भने किताबविरुद्ध कानूनी एक्सन लिने निर्णय गरेका छन् । उनले टि्वटरमा आफ्नो अफिसियल बायोग्राफी चाँडै आउने पनि जानकारी दिएका छन् ।

उनले टि्वटमा लेखेका छन्, ‘मैले यासीर उस्मान र सम्वन्धित पब्लिेकेसनलाई मेरो बायोग्राफी छाप्नका लागि अधिकार दिएको छैन । मेरो वकिलले उनीहरुलाई लिगल नोटिस पठाएका छन् । यसको जवाफमा पब्लिेकसनले भनेको छ कि किताबको विषयवस्तु पब्लिक डोमेनमा पाइएको जानकारीबाट लिइएको हो । केही अंश मेरो पुरानो इन्टरभ्यूबाट लिएको र केही १९९० को दशकका म्यागजिनमा छापिएका गसिपबाट लिइएको रहेछ, जुन सत्यमा आधारित थिएनन् ।’

उनले अगाडि लेखेका छन्, ‘मलाई आशा छ कि अब यस प्रकारका झूटा खबरहरु आउने छैनन् जसले म मेरो परिवारलाई अप्ठेरो परोस ।’

उक्त बायोग्राफीमा सञ्जय दत्तका निजी जीवनको बारेमा अनेक खुलासा गरिएको छ । उनको विवाहित अवस्थामै माधुरी दिक्षितसँग गहिरो प्रेम सम्वन्ध रहेको किताबमा उल्लेख छ । माधुरीसित लागेपछि उनले आफ्नी पत्नीलाई हेला गरेको पनि त्यसमा लेखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?