+
+

मलेसिया पुगेका वमप्रसाद दुई हप्तामै रित्तो हात घर फर्किए

 रासस   रासस  
२०७४ चैत ८ गते ११:४०

 

८ चैत, खोटाङ । धन कमाउने सपना बोकेर मलेसिया पुगेका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ ।

मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गएराति नेपाल फर्काइएको हो ।

रोजगारीका सिलसिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गत फागुन २३ गते मलेसिया पुग्नुभएका उहाँ फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता भएका थिए ।

मलेसियाको व्याङ्गुनान एसआरआई लयाङ जलन थाम्बी बब्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सुरक्षा गार्डका रुपमा गएका राईलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको छिमेकी माओदीप थुलुङले बताए ।

बेलुकाको खाना खाएपछि सुत्न गएको र राति नै सम्पर्कविहीन बनेका उनलाई १६ घण्टापछि फेला पारिएको थियो । आफन्तले ‘हाम्रो जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका वडा नं ४ खोटाङ’ नामक फेसबुक पेजबाट सूचना प्रकाशन गरेर सम्पर्कविहीन बनेका उनको खोजी तीव्र पारेका थिए ।

खोजीकै क्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर राईको तस्वीर फागुन २८ गते फेसबुकमा अपलोड गरेपछि उनलाई भेटाउन सहज भएको थियो ।

मलेसियास्थित नेपाली दूतावासमा समेत सूचना पुगेपछि दूतावासले खोजेर सुरक्षित राखेको उनलाई जलेश्वरीकै दुखीप्रसादले बुझेर नेपाल फर्काएका हुन् ।

राईले मेनपावरलाई ९० हजार बुझाए पनि मेनपावरले भने २० हजारको मात्र भर्पाइ गरिदिएको पाइएको आफन्तले बताएका छन् । मेनपावर कम्पनीलाई उनले तिरेजति रकमको भर्पाइ नभएपछि बाँकी रकम पाउन समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?