Comments Add Comment

अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्र खुल्ने


८ चैत, काठमाडौँ । ‘न्यो लिङ्वा इन्टरनेशनल करियर सेन्टर’ (एनएलआइसीसी)ले नेपालमा पहिलो पटक आउँदो सातादेखि अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषाको प्रशिक्षण केन्द्रको सञ्चालन गर्ने भएको छ।

काठमाडौंमा “युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी  यु टि एस  इन्सर्च “को संयुक्त प्रयासमा अंग्रेजी भाषाको प्रशिक्षण केन्द्रको स्थापना गरिने भएको हो  ।

सोही अवसरमा उद्घाटन समारोह पूर्वसन्ध्यामा एनएलआइसीसीले आफ्नै कार्यालय महाराजगन्ज चक्रपथमा अवस्थित महालक्ष्मी अवाल हाउसमा एक पत्रकार सम्मेलनको आयोजना गरेको छ  ।

सेन्टरका अध्यक्ष सुरज राजभण्डारीले उक्त पत्रकार सम्मेलनमा अध्यक्ष राजभण्डारीले युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी  युटिएस  इन्सर्चको इंगलिस ल्याङ्ग्वेज इन्टेन्सिभ कोर्स फर ओभरसिज स्टुडेन्ट (एलिकोज)को बारेमा जानकारी गराए ।

पत्रकार सम्मेलनमा बोल्दै एनएलआइसीसीका चिफ एक्जुकेटिभ अफिसर सौरब सुरेकाले यस  सर्टिफिकेट अष्ट्रेलियाका २६ वटा भन्दाबढी विश्वविद्यालयहरुमा मान्यता प्राप्त भएको कुरा जानकारी गराए ।

इन्टरनेसनल रिलेसन डाइरेक्टर जसिन्ता सुरेकाले उक्त कार्यक्रम डेढ दशकदेखि  अन्य देशहरुमा सफलतापूर्वक सञ्चालन भइरहेको र नेपालमा पनियो कोर्स  जरुरी रहेको जोड दिइन  । उक्त समारोह मार्च शुक्रबार होटल याक एण्ड यतिमा सम्पन्न हुने भएको छ ।

समुद्घाटन समारोहलाई माननीय अष्ट्रेलियाली राजदूत पिटर बर्डले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ  त्यसैगरी सो कार्यक्रममा मार्च शनिबार बिहान  “एनएलआइसीसी सेन्टर” को  उद्घाटन गरिने भएको छ   ।

सो उद्घाटन कार्यक्रममा युटिएस इन्सर्चका मेनेजिंग डाइरेक्टर एलेक्स मर्फी ,  चिफ बिजनेस डेभलपमेन्ट अफिसर पिटर हरिस र एसोसिएट प्रोफेसर पब्लिक हेल्थ  एन्जिला डावसन्  को उपस्थिति रहने छ  ।  उक्त दिन समग्र कार्यक्रमका बारेमा पत्रकारहरुसँग छलफल समेत गरिने एनएलआइसीसी सेन्टरकी पार्टनर रिलेशन मेनेजर स्रिस्टी मदन कार्कीले बताइन्  ।

युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी  युटीएस  इन्सर्चको सहयोगमा सेन्टरले नेपालमा १० हप्ताको उक्त भाषाको कोर्ष पढाउन थालेको हो। उक्त भाषा पढ्न अष्ट्रेलियामा विद्यार्थीले एक हप्ताको ५०० डलर तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment