८ चैत्र, कैलाली । देशैभर बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन कैलाली जिल्लामा ३४२ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा १६५ जना छात्र र १७७ जना छात्रा गरी ३४२ जना प्रशिक्षार्थीहरु अनुपस्थित भएका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए ।
जिल्लाभरी १५ हजार ६६२ जना प्रशिक्षार्थीका लागि ५० वटा केन्द्र तोकिएको छ । जसमा ७ हजार ३३९ छात्र र ८ हजार ३२३ छात्राहरु छन् ।
कैलालीका तीन वटा केन्द्रबाट भने एक्जाम्टेड परीक्षाका लागि १७६ छात्र र ३८९ छात्राहरु गरी ५६७ जनाले फाराम भरेपनि परीक्षामा भने ४३६ जना परीक्षार्थीहरु मात्रै उपस्थित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4