Comments Add Comment

प्रेस काउन्सिल अध्यक्षको पार्टी युरोपियन युनियनले तोकेपछि…

ईयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदन एकपछि अर्को विवादमा


८ चैत, काठमाडौं । नेपालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न आएको युरोपियन युनियनको टोलीले प्रेस काउन्सिल नेपालप्रति समेत जथाभावी टिप्पणी गरेपछि थप विवाद उब्जिएको छ ।

युनियनको प्रतिवेदनमा प्रेस काउन्सिलले आफ्नो भूमिका निर्वाह गर्न नसकेको मात्र भनेको छैन, काउन्सिलका अध्यक्ष र कार्यवाहक अध्यक्षको पार्टी आफैंले तोकिदिएको छ ।

युनियनको रिपोर्टमा सर्वोच्च अदालतको आदेशपछि काम गर्न नपाएका अध्यक्ष भवानी बराललाई पूर्वअध्यक्ष भन्दै उनलाई माओवादी केन्द्रको सदस्य करार गरेको छ ।

बराललाई ईयूको रिपोर्टमा नेकपा माओवादी केन्द्रको सदस्य भनेर लेखेको छ । त्यस्तै हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेकपा एमालेको प्रतिनिधि भनेर किटान गरेको छ ।

निर्वाचन पर्यवेक्षण मिसनले तयार पारेको प्रतिवेदनमा आमञ्चार क्षेत्रमा प्रेस काउन्सिल नेपाल आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्नमा कमजोर अप्रभावकारी रहेको ठानिन्छ भन्दै आपत्तिजनक टिप्पणी गरेको छ ।

यसैबीच प्रेस काउन्सिल नेपालले बिहीबार प्रेस विज्ञप्ति जारी गरी युरोपियन युनियनको टिप्पणीप्रति आपत्ति जनाएको छ । काउन्सिलको गठन विधि, कार्यक्षेत्र, भूमिका र प्रभावक्षेत्रको वस्तुगत विश्लेषण र तथ्यपरक जानकारीनै नराखी सतही रुपमा टिप्पणी गरेको भन्दै खेद व्यक्त गरेको छ ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा युरोपियन युनियनको नियत र विश्वसनीयतामा प्रश्न उठाइएको छ । काउन्सिलको बारेमा युरोपियन युनियनको टिप्पणी आधारहीन भएको र अतिरन्जित ढंगले आएको विज्ञप्तिमा जनाइएको छ ।

यो पनि पढ्नुहोस् 

युरोपियन युनियनः सीके राउतलाई समर्थन, खसआर्य र संविधानको विरोध !

ईयूको समर्थन गर्दै जनजाति महासंघले सरकारलाई भन्यो- अभिव्यक्ति सच्याऊ

खस आर्यबारेको टिप्पणीप्रति ईयूको आलोचना : फिर्ता लिन नेताहरुको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment