+
+
Shares

मोटरसाइकल दुर्घटना हुँदा बालकुमारीमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ९ गते १२:४१

९ चैत, काठमडाैं । काठमाडौंको बालकुमारीस्थित झोलुङ्गे पुलमा बिहीबार राति भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स५प ३६२० नम्बरका मोटरसाइकल चालक भक्तपुर चारदोबाटो बस्ने सिराहा लहानका १८ वर्षीय अभिषेक चौधरी रहेका छन् ।

उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो । बिहीबार राति ७ बजे चौधरीले चलाएको मोटरसाइकलले बा४३प ८३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

८३१४ नम्बरको मोटरसाइकल पुनः बा८०प ४९९३ नम्बरको मोटरसाइकलमा ठोक्किन पुगेको थियो । दुर्घटनामा संलग्न तीनै वटा सवारी साधनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?