Comments Add Comment

घट्दै १० कक्षाको परीक्षा उत्साह

९ चैत, सप्तरी । केही वर्षअघि एसएलसी परीक्षा र एसईई सुरु हुँदा सप्तरीमा एक किसिमको मेला नै लाग्ने गर्‍थ्यो । परीक्षामा विद्यार्थीलाई रेस्टिकेट गर्नुदेखि गार्डलाई निष्कासन गर्नेसम्मको कार्य हुन्थ्यो । तर, यस पटक न कुनै केन्द्रमा मेला नै लाग्यो न त विद्यार्थी र गार्डलाई नै निष्कासित गरियो ।

एसईई परीक्षा बिहीबादेखि प्रारम्भ भएर दुई दिन सकिसकिएको छ । अघिल्ला वर्षहरुमा परीक्षा शुरु भएकै दिन चिट चोरेको भन्दै विद्यार्थीलाई र चोराउन मद्दत गरेको भन्दै गार्डलाई निष्कासित गरिन्थ्यो । ‘तर यस पटक त्यस्तो केही देखिएन’ शिक्षा अधिकारी दोलराज पाण्डेले भने, “लगातार दुई दिन शान्तपूर्ण, व्यवस्थित तरिकाले परीक्षा सम्पन्न भएको छ ।’

पहिलो र दोस्रो दिनको परीक्षामा ३८६ परीक्षार्थी अनुपस्थित हुनुबाहेक परीक्षा मर्यादित रुपमा सम्पन्न भएको उनले बताए । जिल्लाबाट कुल ९ हजार ५९७ जना परीक्षार्थीले परीक्षा दिने भनिएकोमा ३८६ जना अनुपस्थित भएका हुन् ।

परीक्षाका लागि सप्तरीमा ३६ वटा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा ७७ वटा सामुदायिक विद्यालय र ४४ वटा नीजि विद्यालयका परीक्षार्थीहरु सहभागी छन् ।

घट्दै उत्साह

एसएलसी परीक्षाको नाम सुन्नेबित्तिकै विद्यार्थीहरु पढ्नमा भरपूर ध्यान दिन्थे । परीक्षा नजिकिदैं जाँद उनीहरु एकान्तमा गएर पढ्ने, घोक्ने गर्दथे । परीक्षा केन्द्रमा जाँदा विद्यार्थीका अभिभावक पनि सँगै हुन्थे ।

विद्यार्थीलाई खाना पकाएर खुवाउनेदेखि केन्द्रमा पुगेर गार्डहरुको हारगुहार लगाउनेसम्मको काम अभिभावकको हुन्थ्यो । कतिपय अवस्थामा बाहिर र भित्रबाट समेत चिट पुर्‍याइदिने काम हुन्थ्यो एसएलसी दिनेहरुलाई । परीक्षा केन्द्रको आसपास मेलाजस्तै ठूलो भिंड हुन्थ्यो । त्यो भिंडलाई नियन्त्रण गर्ने नाममा हतियारसहित सुरक्षाकर्मी परिचालन हुन्थ्यो ।

तर, यस पटकको परीक्षामा त्यस्तो केहि देखिएन् । विद्यार्थीहरु आए, हलमा बसे र प्रश्नको उत्तर दिदैं र्फकेका छन् ।

एक्कासी परिवर्तन आउनुको कारण के त ? शिक्षा अधिकारी पाण्डे भन्छन्, ‘परीक्षालाई ग्रेडिङ् प्रणालीमा लगेपछि परीक्षार्थीहरुको उत्साह घटेको छ ।’

ग्रेडिङ् प्रणालीमा कसैलाई फेल गर्न नमिल्ने भएपछि स्वतः उत्साह घटेको उनको भनाइ छ । ‘अब त अंक जेसुकै ल्याऊन तर फेल त कोही हुँदैनन् नि ?’ उनले भने, ‘फेल नै नहुने भएपछि परीक्षालाई त्यत्ति महत्वका साथ हेरिएको छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment