Comments Add Comment

‘सत्रु गते’मा दर्शकको चाप, दिपक भन्छन्ः मेरो रोल रुचाइयो

आज रिलिज भएको फिल्म ‘सत्रू गते हेर्न हलहरुमा दर्शकहरुको भिडभाड देखिएको छ । सिंगल र मल्टिप्लेक्स दुवैतर्फ दर्शकको चाप सुखद छ । । आज अरु कुनै नेपाली तथा हिन्दी फिल्म नभएकाले पनि सत्रु गतेले उच्च शो पाएको थियो । यसका साथै मह जोडीले लामो समयपछि कमब्याक गरेकाले पनि फिल्मप्रति दर्शकहरुको कौतुहलता देखिएको छ ।

यसैबीच सत्रू गतेमा नकारात्मक भुमिका निर्वाह गरेका दिपकराज गिरीले आफ्नो रोल दर्शकहरुले मन पराएको प्रतिक्रिया दिएका छन् । विभिन्न हलहरुमा दर्शकहरुसँग अन्तरक्रिया गर्दै हिँडेका दिपकले भने, ‘यो फिल्ममा म हावी छु र दर्शकहरुबाट पनि सकारात्मक रेस्पोन्स पाएको छु ।’

हुन पनि सत्रू गतेमा सबैभन्दा बढि दिपक नै छाएका छन् । उनले फिल्मको वर्ड अफ माउथ राम्रो भएकाले आगामी दिनहरुमा पनि आक्रामक व्यापार गर्न सक्ने उल्लेख गरे । सिंगल थियटरमा भन्दा मल्टिप्लेक्समा दर्शकको चाप उच्च भएको उनको भनाई थियो ।

मह सञ्चारले निर्माण गरेको सत्रु गतेको निर्देशन युवा निर्देशक प्रदिप भट्टराईले गरेका हुन् । यसमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment