Comments Add Comment

मन्त्र सिद्धिका लागि कुन मालाको प्रयोग गर्ने ?

प्रत्येक देवीदेवताका मन्त्र हुन्छन् । मन्त्र सिद्धिका लागि विशेष वा एक निश्चित प्रकारको मालाको विशेष महत्व हुन्छ । तसर्थ साधकले आफ्नो इष्टदेवको मन्त्र साधना गर्दा विशेष मालाको प्रयोग गरी मन्त्रानुष्ठान गर्नुपर्छ । त्यसैगरी शान्त, उग्र वा अरू कुन प्रकारको साधना हो त्यसैअनुरूप माला प्रयोग गर्नु आवश्यक हुन्छ ।

-दुर्गालाई खुसी पार्न रुद्राक्ष, रक्तचन्दन एवं मुगाको मालाले मन्त्रानुष्ठान गर्ने ।

-गणेशका लागि हात्तीदाँत, शिवका लागि रुद्राक्ष तथा विष्णुका लागि तुलसीको माला प्रयोग गर्ने ।

-बगलामुखीको लागि बेसारको माला, मातंगी तथा लक्ष्मीका लागि गमलगट्टा, चन्दन, स्फटिक एवं रत्नहरूमध्ये कुनै एक मालाको प्रयोग गर्ने ।

-शान्ति कर्मका लागि चन्दन तथा स्फटिकको माला प्रयोग गर्ने ।

-वशीकरण वा मारण आदि कार्य गर्दा कालो वर्णको माला वा कमल गट्टाको माला प्रयोग गर्ने ।

-धूमावती साधना गर्दा रुद्राक्ष मालाको उपयोग गर्ने ।

-उग्र कर्ममा अस्थि मालाको प्रयोग गर्ने ।

-शक्ति उपासना गर्दा रक्तचन्दन एवं रुद्राक्षको माला प्रयोग गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment