Comments Add Comment

२० रुपैयाँको लोभ देखाएर बालिका बलात्कार, छिमेकी पक्राउ


९ चैत, वीरगञ्ज । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पर्सागढी नगरपालिका ३ का ५६ वर्षीय सीताराम उप्रेतीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

विद्यालयबाट फर्केकी १२ वर्षीया बालिकालाई घरमा एक्लै भएको मौकामा छिमेकमा बस्दै आएका सीतारामले चैत ६ गते साँझ बलात्कार गरेका प्रहरीको भनाइ छ ।

भान्छाकोठामा कपडा फेर्न लागेका बेला २० रुपैयाँ दिन्छु भनेर उनले बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको दावी छ । बालिका चिच्याएपछि घर पछाडि रहेको तरकारी बारीमा पानी पटाउँदै गरेकी आमाले थाहा पाएकी थिइन् ।

गाउँमा होहल्ला भएपछि स्थानीयले पक्रेर कुटपीट गर्न थालेपछि प्रहरी चौकी विरुवागुठीबाट गएको प्रहरी टोलीले उप्रेतीलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

उप्रेतीविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

‘बालिकाले सीतारामले नै जबर्जस्ती करणी गरेको बताएकी छन्, मेडिकल जाँच लगायत अन्य थप अनुसन्धानहरु भइरहेका छन्’ एसपी रेग्मीले भने ‘साह्रै निकृष्ट र अमानवीय कार्य गरेकोले दोषीलाई हदैसम्म कारबाहीको माग गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment