Comments Add Comment

पोखराको लेकसाइड शुक्रबारदेखि ‘नो भेहिकल जोन’

फेवाताल बचाउन पहारीले दिए २ महिनाको तलब


१० चैत, पोखरा । पोखराको लेकसाइड क्षेत्र शुक्रबारदेखि सवारी निषेधित क्षेत्र (नो भेहिकल जोन) बनेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–६ कार्यालयको समन्वयमा पर्यटकीय केन्द्र लेकसाइडको हल्लन चोकदेखि बाराही चोकसम्मको क्षेत्रलाई नो भेहिकल जोन घोषणा गरिएको हो ।

प्रदेश सांसद राजीव पहारी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा लेकसाइडलाई नो भेहिकल जोन घोषणा गरे .

घोषणा अनुसार लेकसाइडमा अब हरेक शुक्रबार र शनिबार अपराह्न ५ बजेदेखि राति ११ बजेसम्म ‘नो भेहिकल जोन’ लागू हुनेछ । उक्त क्षेत्रमा अब सो समयमा सवारी पास भएका बाहेक अन्य कसैले पनि सवारी साधन लैजान पाउने छैनन् ।

नो भेहिकल जोन क्षेत्रमा सवारी लैजान नदिन हल्लनचोक र बाराहीचोकमा मुख्य घाट बनाएर सवारी प्रवेश निषेध गरिएको छ भने अन्य भित्री बाटोबाट पनि सवारी प्रवेश गर्न नदिन प्रहरी तथा स्वयं सेवक परिचालन गरिएको कार्यालयले जनाएको छ ।

नो भेहिकल जोन घोषणा कार्यक्रममा बोल्दै प्रदेश सांसद् पहारीले यसले पर्यटन पबद्र्धनमा सघाउ पुर्याउने बताए । नो भेहिकल जोन घोषणाले शान्त, सभ्य तथा ध्वनि र वायु प्रदूषण मुक्त बनाउन मद्दत पुग्ने विश्वास उनले गरे ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले नो भेहिकल जोन घोषणा प्रशंसनीय भएको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

‘नो भेहिकल जोन घोषणा गर्नु ठूलो कुरा होइन, यसलाई निरन्तता दिनु ठूलो कुरा हो, यसमा सबै मिलेर लाग्नूस्’, मेयर जिसीले भने ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले नो भेहिकल जोन पर्यटन प्रबद्र्धनका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्य थपलियाले नो भेहिकल जोनका कारण ठमेलमा पर्यटन बढेको बताउँदै लेकसाइडमा पनि त्यसको सकारात्मक प्रभाव पर्ने बताए ।

यसैबीच, प्रदेश सांसद् राजीव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिएका छन् । नो भेहिकल जोन घोषणा कार्यक्रममा सांसद् पहारीले आयकर कटाएर बाँकी २ महिनाको तलब ८० हजारको चेक पोखरा लेखनाथ महानगरपालिका–६ का वडाध्यक्ष जगत पहारीलाई हस्तान्तरण गरेका हुन् । पहारी कास्की क्षेत्र नम्बर ३ को प्रदेश नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

चेक हस्तान्तरण गर्दै सांसद पहारीले फेवाताल बचाउनुपर्छ भनेर आफू सँधै चिन्तित रहेको र त्यसको प्रयास स्वरुप २ महिनाको तलव दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment