Comments Add Comment

महामन्त्रीमाथि प्रश्न उठाउँदै गुरुले भने-हारको जिम्मा तपाईले पनि लिनुपर्छ

१० चैत, काठमाडौं । चुनावी हारको समिक्षामा जुटेका कांग्रेसका नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्षले पार्टी सभापति शेरबहादुर देउवामाथि आरोपै आरोप लगाएका छन् भने देउवा पक्षका नेताहरुले नेतृत्वको बचाउ गर्दै किसुनजी (कृष्णप्रसाद भट्टराई)को समयदेखि पार्टीमा अन्तरघात सुरु भएको तर्क गरेका छन् ।

तर, पौडेल समूहबाट चुनाव जितेपनि सभापति देउवासँग समदुरी कायम राखेका महामन्त्री शशांक कोइरालामाथि भने कसैले प्रश्न उठाउका थिएनन्  । पार्टी सञ्चालनमा देखिएको अव्यवस्थादेखि चुनावी हारसम्म कुनै पनि दोष उनले लिनु परेको थिएन ।

देउवा समूहले उनलाई नजिक राख्न चाहेकाले केही भन्दैनथे भने पौडेल समूहले पनि आफ्नै गुटको भएका कारण कोइरालामाथि प्रश्न उठाउँदैनथे ।

तर, शनिबारको बैठकमा नेता गुरु घिमिरेले महामन्त्री कोइरालामाथि प्रश्न उठाएका छन् ।

उनले बीपीको छोरा भनेर अगाडि कसैले नबोलेको भन्दै भने, केही बोले हाँसेर, बिस्कुट खुवाएर पठाउनुहुन्छ । तर, हारको जिम्मेवारी तपाईले पनि लिनुपर्छ ।’

कार्यालष सञ्चालनदेखि सबैमा महामन्त्रीका रूपमा कोइरालाको उपस्थिति शून्य रहेको भन्दै उनले आलोचना गरे ।

कल्याणले सम्झाए विधानको दफादफा

शनिबारको बैठकमा गुरु घिमिरेसँगै कल्याण गुरुङ, नविन्द्रराज जोशीले पनि नेतृत्वको आलोचना गरेका छन् ।

कल्याण गुरुङले पार्टी विधानको दफा दफा पल्टाएर विधान विपरित सभापतिले गरेका कामको फेहरिस्ता सुनाएका थिए । अत्तहर कमालतर्फ संकेत गर्दै उनले केन्द्रीय सदस्य बनाउँदा समेत सभापतिले विधान उल्लंघन गरेको उनले बताएको एक नेताले जानकारी दिए ।

जीवनबहादुर शाहीले चुनावमा पार्टी नेतृत्वले सहयोग नगरेको गुनासो गरे । उनले पार्टी सभापतिसँगै वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि समेत प्रश्न उठाएका छन् ।

वीरबहादुर बलायरले देउवाको बचाउ गरे । उनले कृष्णप्रसाद भट्टराईकै समयदेखि अन्तरघात सुरु भएको भन्दै चुनावी हारको दोष देउवालाई मात्र दिन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment