Comments Add Comment

बल टेम्परिङ विवाद : अष्ट्रेलियाका कप्तान र उपकप्तानले दिए राजीनामा

११ चैत, काठमाडौं । ‘बल टेम्परिङ’ विवादमा फसेपछि अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरले राजीनामा दिएका छन् ।

दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको तेस्रो टेस्टका क्रममा अष्ट्रेलियाका ओपनर क्यामरुन बेनक्राफ्टले बल टेम्परिङ गरेका थिए । त्यसको पूर्व जानकारी कप्तानसहित लिडरसिप टिमलाई रहेको स्मिथले बताएका छन् ।

यसबारे क्रिकेट अष्ट्रेलियाले अनुसन्धान थालेको छ ।

क्रिकेट अष्ट्रेलियाका सीईओ जेम्स सदरल्याण्डले भनेका छन्, ‘छलफलमा स्मिथ र वार्नर कप्तान र उपकप्तानको जिम्मेवारी त्याग्न तयार भएका छन् ।’
टिम पेनलाई अन्तरिम कप्तान बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment