Comments Add Comment

क्रिकेट कप्तानहरुको अपील : क्यानको विवाद मिलाऊ, ऐतिहासिक अवसर नगुमाऊ

११ चैत, काठमाडौं । नेपाली क्रिकेटका पूर्व र वर्तमान कप्तानले एउटै मञ्चमा उभिएर क्रिकेट संघको विवाद तत्काल समाधान गर्न अपील गरेका छन् ।

नेपालले पाएको एकदिवसीय मान्यता एउटा अवसर भएको भन्दै उनीहरुले विवाद समाधानका लागि सरकारले पनि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

चार पूर्वकप्तान लेखबहादुर क्षेत्री, पवन अग्रवाल, राजु खड्का र विनोद दास, हालका कप्तान पारस खड्का र क्रिकेट खेलाडी संघका अध्यक्ष मनिषराज पाण्डेले नेपाली क्रिकेटलाई अगाडि बढाउन बोर्ड वा संघ चाहिएको बताए ।

‘छलाङ लगाएर टेष्ट नेसन बन्ने मौका पाएका छौं । यस्तो मौका पटकपटक आउँदैन’ अग्रवालले भने, ‘कुनै बिलम्ब नगरी गभर्निङ बडी स्थापना गरौं ।’

कप्तान पारसले आईसीसीले दिएको गाइडलाइनअनुसार अघि बढ्न र विधान पास गरेर क्रिकेट संघको निलम्बन फुकुवा गर्नु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘अब सबैले आफ्नो अहम बिर्सिएर अघि बढ्नुपर्छ ।’

पूर्वकप्तान लेखबहादुरले खेलाडीहरुको परिश्रमले पाएको अवसर गुम्ने त होइन भन्ने चिन्ता रहेको बताए । त्यसमा सहमति जनाउँदै पूर्वकप्तान विनोद दासले भने, ‘नेपाली क्रिकेटको इतिहास भविश्यलाई लिएर चिन्तित छ ।’

‘छलाङ लगाएर टेष्ट नेसन बन्ने मौका पाएका छौं । यस्तो मौका पटकपटक आउँदैन’ अग्रवालले भने, ‘कुनै बिलम्ब नगरी गभर्निङ बडी स्थापना गरौं ।’

नेपालमा कि स्याउ झर्दा ठिक्क मुनि हुनुपर्ने भने कि सबै अघाइसकेपछि मात्र खाने अवसर पाइने गरेको भन्दै उनले भने, ‘यसपटक फरक थाप्ने मानिसहरु पनि त्यतिकै छ र भोकाएका मानिसहरु पनि त्यति नै छन् । हाम्रो आग्रह छ, यो अवसरलाई दुरुपयोग नगरौं ।’

आफैं अघि सर्ने सम्भावनाबारे छलफल

पूर्वकप्तान अग्रवालका अनुसार यदि कसैले पनि पहल लिँदैन भने आफैं अघि सरेर नेपाली क्रिकेटलाई अघि बढाउनुपर्ने धारणा पनि आएको छ । त्यो खेलाडी संघकै पहलमा खेलहरु आयोजनासम्म हुने उनले बताए ।

अग्रवालले अघि भने, यसको अर्थ हामीले टेकओभर गर्न चाहेको भन्ने होइन ।’

‘हाम्रो काम भनेको खेलाडीहरुको वेलफेयरमा ध्यान दिने हो । तर, कसैले गर्दैन भने हामी आफैं किन अगाडि नआउने भन्ने कुरा आएको छ ।’

पूर्वकप्तान विनोद दास पूर्व्खेलाडीहरु त्यो भूमिकाका लागि सक्षम रहेको बताउँछन् । तर, आफ्नो जीवनको महत्वपूर्ण समय क्रिकेटमा खर्चिएका खेलाडीहरु क्यानमा जाने भने हो भने अपजस मात्र पाउने उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment